कतारका अमिरलाई साउदी राजाको निम्तो



कतारका सरकारी सञ्चारमाध्यमहरूले देशका अमिरलाई साउदी अरबका राजा सलमानले आगामी साता रियादमा आयोजना हुन लागेको एउटा क्षेत्रीय सम्मेलनमा भाग लिन निम्तो दिएको उल्लेख गरेका छन्।

तर ती समाचारसंस्थाले कतारी अमिर शेख तामीम बिन हमाद अल-थानीले निम्तो स्वीकारिसकेका छन् या छैनन् भनेर पुष्टि गरेका छैनन्।

यदि त्यसो भयो भने दुई देशबीच लामो समयदेखि विद्यमान कूटनीतिक विवाद अब समाधानतर्फ जान लागेको एउटा बलियो सङ्केत मिल्नेछ। साउदी अरबको नेतृत्वमा चार छिमेकी देशले सन् २०१७ देखि कतारमाथि आर्थिक नाकाबन्दी लगाएका थिए।

ती देशले कतारले जिहादीहरूलाई समर्थन गरेको तथा इरानसँग निकटता बढाएको आरोप लगाएका छन्। कतारविरुद्ध नाकाबन्दी लगाएका संयुक्त अरब इमिरेट्स, बहरेन तथा साउदी अरबले हाल कतारमा भइरहेको खाडीको फुटबल प्रतियोगितामा पनि भाग लिइरहेका छन्।

त्यसले पनि कतारविरुद्ध छिमेकीहरूको व्यवहार बिस्तारै खुकुलो हुन लागेको सङ्केत गरेको ठानिएको छ। खासमा सन् २०१७ को जुन महिनामा साउदी अरब, बहरेन, इजिप्ट तथा संयुक्त अरब इमिरेट्सले कतारमाथि आतङ्कवादलाई समर्थन गरेको भन्दै आर्थिक नाकाबन्दी लगाएका थिए।

लगत्तै ती देशले प्रस्तुत गरेका १३ वटा मागमध्ये इरानसँग कतारले आर्थिक सहयोग अन्त्य तथा अल-जजिरा टेलिभिजन स्टेशन बन्द गर्नुपर्ने माग पनि छन्।कतारले त्यसो गर्न नमानेपछि आर्थिक नाकाबन्दी निरन्तर रह्यो।

कतार आफ्ना २७ लाख जनसङ्ख्याको आधारभूत आवश्यकता पूरा गराउनका निम्ति स्थलमार्ग एवम् जलमार्गबाट गरिने आयातहरूमा निर्भर थियो। त्यसमध्ये पनि साउदी अरबसँगको सिमानाबाट उसको ४० प्रतिशत खाद्यान्नको आयात हुने गर्थ्यो।

नाकाबन्दीका प्रारम्भिक बेलामा दोहामा उपभोग्य सामग्रीको केही समस्या देखा परेको थियो र मानिसहरूले सामान थुपार्न थालेका थिए। तर पछि टर्की र इरानले हवाई एवम् जलमार्गबाट आपूर्ति गरिदिएपछि स्थिति सुधारिएको थियो। विगत अढाइ वर्षमा भने कतारले नाकाबन्दीले उसलाई खासै असर पार्न दिएको देखिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही