दक्षिण कोरियाली कलाकार चा इन-हा घरमा मृत फेला



दक्षिण कोरियाका चर्चित कलाकार चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्।

सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ।

उनले भर्खरै टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’मा अभिनय गर्न थालेका थिए। दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन्।

मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सर्प्राइज यू’ अभिनय समूहका सदस्य थिए। सन् २०१७ मा सार्वजनिक भएको ‘यू, डीप इन्साइड अफ मी’ उनको पहिलो नामक चलचित्र हो।

फ्यान्टिएगोले चाको मृत्युलाई “अविश्वसनीय” भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ।

“उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिनेछ,” उसले भनेको छ। दक्षिण कोरियामा चर्चित कलाकारहरूको मृत्युबारे बारम्बार चर्चा भइराख्छ। त्यहाँ आत्महत्याको दर उच्च छ।

के-पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर महिनामा र गू हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए। उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ