दक्षिण कोरियाली कलाकार चा इन-हा घरमा मृत फेला



दक्षिण कोरियाका चर्चित कलाकार चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्।

सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ।

उनले भर्खरै टेलिभिजन शृङ्खला ‘लभ विथ फ्लज’मा अभिनय गर्न थालेका थिए। दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन्।

मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको ‘सर्प्राइज यू’ अभिनय समूहका सदस्य थिए। सन् २०१७ मा सार्वजनिक भएको ‘यू, डीप इन्साइड अफ मी’ उनको पहिलो नामक चलचित्र हो।

फ्यान्टिएगोले चाको मृत्युलाई “अविश्वसनीय” भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ।

“उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिनेछ,” उसले भनेको छ। दक्षिण कोरियामा चर्चित कलाकारहरूको मृत्युबारे बारम्बार चर्चा भइराख्छ। त्यहाँ आत्महत्याको दर उच्च छ।

के-पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर महिनामा र गू हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए। उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायतमा लकडाउनमा विद्यालय, विश्वविद्यालय खोल्न दिइने

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै

साउदी अरबद्वारा तीन देशमाथि यात्रा प्रतिबन्ध

साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको छ । कोभिड

इटलीको निर्वाचनमा सत्तारुढ मध्य-दक्षिणपन्थी डेमोक्रेटिक पार्टी र फाइब स्टार मुभमेन्टको गठबन्धन विजयी

इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति

स्वास्थ्यमा सुधार आएपछि रुसी विपक्षी नेता नाभाल्नी अस्पतालबाट डिस्चार्ज

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नी जर्मनको अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज भएका छन् ।