ब्रिटिश राजकुमार एन्ड्रूलाई बयानका लागि अदालत बोलाइने



यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका दिवङ्गत अमेरिकी धनाढ्य जेफ्रे एप्स्टीनमाथि दुर्व्यवहारको आरोप लगाएका पाँच महिलाले एप्स्टीनको निवासमा मसाज गरिरहेको बेला ब्रिटिश राजकुमार एन्ड्रू पनि उपस्थित रहेको बताएका छन्।

ती महिलाका वकिलले बीबीसीको प्यानारोमा कार्यक्रमलाई आफूले राजकुमारलाई पनि अदालतमा बयान दिन बोलाउने योजना बनाएको बताए।

ती वकिलका अनुसार महारानी एलिजबेथका माहिला छोरा राजकुमार एन्ड्र्रूसँग यौनका निम्ति हुने मानव बेचबिखनबारे महत्त्वपूर्ण सूचना हुनसक्छ।

राजकुमारले चाहिँ आफ्ना पुराना मित्र एप्स्टीनको घरहरूमा जाँदा कुनै शङ्कास्पद गतिविधि नदेखेको बताएका छन्।

ती पीडित महिलाका वकिल डेभिड बोइजले भने, “हामीले चाहेको एउटा कुरा चाहिँ राजकुमार एन्ड्र्रूसँग अन्तर्वार्ता हो जसबाट उनको बयान बुझ्न सकियोस्। उनी एप्स्टीनको घरमा बारम्बार आउजाउ गर्थे।”

अमेरिकी अदालतमा चलिरहेका ती पाँचवटै मुद्दामा बयान दिन आउन अदालतले पठाउने आदेश तयार पारिएको र राजकुमार अमेरिका आउँदा न्यायाधीशले त्यसमा हस्ताक्षर गर्नुपर्ने बताइएको छ।

यदि कुनै प्रमाण दिन अनिच्छुक भएमा राजकुमारले त्यस्तो बोलावटको चुनौती अदालतमै दिनुपर्नेछ। अमेरिकी अदालतमा दिइएका बयान बीबीसीको प्यानारोमा कार्यक्रममा खुलाइएको छ। उक्त कार्यक्रममा भर्जिनिया जूफ्रेसँग लिइएको अन्तर्वार्ता पनि छ।

जूफ्रेले आफू १७ वर्षको उमेरको हुँदा राजकुमार एन्ड्रूसँग यौन सम्बन्धका लागि आफूलाई ब्रिटेन पुर्‍याइएको आरोप लगाएकी छन्। महारानी एलिजबेथका माहिला छोरा एन्ड्रूले त्यस्तो कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका छन्।

बीबीसीका शाही संवाददाता जनी डाइमन्डका अनुसार पाँच महिलाले एप्स्टीन तथा उनका पाहुनालाई मसाज गरिरहेको राजकुमार एन्ड्रूले देखेको बयान दिनु अनि उनलाई अदालतमा बयान दिन बोलाउने तयारी भइरहेको विवरण राजकुमारका लागि निकै नराम्रो समाचार हो।

विगतमा राजकुमारले एप्स्टीनको आवासहरूमा कुनै शङ्कास्पद गतिविधि नदेखेको बताएका थिए।

“तर यो नयाँ विवरण त्यसको विपरीत छ। यो निकै असाधारण अवस्था हो कि अब रानीको माहिलो छोरा अमेरिका यात्रा गर्न वस्तुत: असमर्थ हुनेछन्। या त उनी अमेरिकी अदालतमा बयान दिनका लागि तयार हुनुपर्नेछ,” उनले भने।

यौन दुर्व्यवहारका विभिन्न मुद्दा खेपिरहेका एप्स्टओनले तीन महिना अगाडि जेलमै आत्महत्या गरेका थिए।

धनी र शक्तिशाली व्यापारी एप्स्टीनले एक ताका राष्ट्रपति डोनल्ड ट्रम्प, भूतपूर्व राष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रू साथी भएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ