जापानी प्रधानमन्त्रीलाई वास्तविक बलिस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने उत्तरको चेतावनी



उत्तर कोरियाले जापानी प्रधानमन्त्री शिन्जो आबेलाई “मन्दबुद्धि” र “राजनीतिक कद नभएका नेता” को सङ्ज्ञा दिँदै उनले आफ्नो अस्त्र परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ।

बिहीवार गरिएको परीक्षणपछि आबेले उत्तर कोरियाले बारम्बार बलिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको भन्दै निन्दा गरेका थिए।

उत्तर कोरियाले एकैचोटि एउटाभन्दा बढी रकेट प्रहार गर्न सक्ने “सुपर लार्ज मल्टिपल रकेट लन्चर” को परीक्षण गरिएको दाबी गरेको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जापानले “वास्तविक बलिस्टिक क्षेप्यास्त्र निकट भविष्यमै देख्न पाउने” भन्दै शनिवार धम्कीपूर्ण टिप्पणी गरेको छ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई बलिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। उत्तर कोरियाले त्यसबाहेक क्षेप्यास्त्र र परमाणु कार्यक्रमसम्बन्धी अनेकौँ प्रतिबन्धहरूको सामना गरिरहेको छ।

जापानको एउटा प्रमुख साझेदार रहेको संयुक्त राज्य अमेरिकासँगको वार्तामा ती प्रतिबन्धहरू हटाउनुपर्ने विषय उत्तर कोरियाको एउटा प्रमुख मुद्दा बन्दै आएको छ।

गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच आयोजित शिखर बैठक विफल भएको थियो। त्यसपछि देशबीच वार्ता हुन सकेको छैन।

दक्षिण कोरियामा रहेका पर्यवेक्षकहरूका अनुसार उत्तरले दुई अज्ञात अस्त्र दक्षिण हाम्ग्योङ प्रान्तबाट बिहीवार सी अफ जापानतर्फ प्रहार गरेको थियो।

त्यसलगत्तै आबेले उत्तरले निरन्तर बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको भन्दै ती आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रीय समुदायका लागि पनि गम्भीर चुनौती भएको टिप्पणी गरेका थिए।

उत्तरले आफ्ना नेता किमले प्रक्षेपणको निरीक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको थियो। उत्तर कोरियाको केसीएनए सरकारी सञ्चारमाध्यमले शनिवार “आबे क्षेप्यास्त्र र एकभन्दा बढी रकेट प्रहार गर्न सक्ने क्षमताको अस्त्र छुट्याउन नसक्ने विश्वकै सबैभन्दा मूर्ख नेता” भएको उल्लेख गरेको छ।

उसले निकट भविष्यमै आबेले आफ्नै अगाडि बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको देख्ने चेतावनी पनि दिएको छ।

गत फेब्रुअरीमा भियतनामा भएको शीर्ष वार्ता भङ्ग भएपछि उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संवादमा खासै प्रगति भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले तयार गरेको शान्ति योजनालाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिन्छः पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य

सोमालियामा सेनाको कारबाहीमा अल–शबाबका ३० लडाकुको मृत्यु

सोमाली राष्ट्रिय सेनाले दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल–शबाबका ३० जना लडाकुको

युक्रेन द्वन्द्व वार्ताका माध्यमबाट अन्त्य गर्न पुटिनलाई चिनियाँ राष्ट्रपतिको सुझाव

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङ र उनका रुसी समकक्षी

अफगानिस्तानमा सुरक्षा कारबाहीमा एक सयभन्दा बढी आईएस लडाकुको मृत्यु

अफगानिस्तानको कार्यबाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध