भ्रष्टाचारविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिएपछि इराकी प्रधानमन्त्रीले दिए राजीनामा



इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीले राजीनामा दिएका छन् । इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाब दिएका थिए ।

सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् ।  उनले प्रधानमन्त्री पदबाट दिएको राजीनामा संसदमा पेश गर्ने जनाएका छन् ।

इराकमा झण्डै दुई महिनादेखि भइरहेको रक्तपातपूर्ण आन्दोलनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने अरु १५ हजार भन्दा बढी घाइते भएका छन् ।

पछिल्लो विवरण अनुसार दक्षिणी धिकार राज्यको राजधानी नासिरियालगायत देशभरका विभिन्न ठाउँमा भएका झडपमा परी ४५ प्रदर्शनकारी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फाइजर र बायोएनटेकद्वारा ओमिक्रोनका लागि खोप परीक्षण सुरु

फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन–बिशेष कोभिड–१९ खोपको सुरक्षा

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई वटा मिसाइल प्रहार

उत्तर कोरियाले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ

दक्षिण कोरियामा कोरोना सङ्क्रमित अहिलेसम्मकै बढी

दक्षिण कोरियामा एकैदिन ८ हजार भन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । यो

बुर्किना फासोका राष्ट्रपति अपदस्थ

बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र राष्ट्रिय