भारतको आर्थिक वृद्धिदर ६ वर्ष यताकै कमजोर



पछिल्लो त्रैमासिक अवधिमा भारतको आर्थिक वृद्धिदर छ बर्ष यताकै सबैभन्दा कमजोर अवस्थामा देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

जुलाईदेखि सेप्टेम्बरको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुगेपछि भारत सरकारका लागि यो एउटा कडा चुनौतिको बिषय बनेको छ । अघिल्लो बर्षको सोही समयमा भारतको आर्थिक वृद्धिदर सात प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।
एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा अघिल्लो त्रैमासिकमा पाँच प्रतिशत कायम रहेको आर्थिक वृद्धिदरमा ०.५ प्रतिशतको कमी आएको हो ।

भारतका लागि आवश्यक आर्थिक वृद्धिदरको तुलनमा यो निकै तल भएको र यसका कारण भारतीय श्रम बजारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि लाखौँका लागि रोजगारी वृद्धि गर्नुपर्ने बाध्यतालाई सम्बोधन गर्नमा समस्या हुने अधिकारीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प

  दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

सेसेल्समा विस्फोटक पदार्थ भण्डारमा विस्फोट हुँदा ६६ जना घाइते

  सेसेल्समा बिहीबार एउटा विस्फोटक भण्डारमा भएको ठूलो विस्फोटमा ६६ जना घाइते भएका

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा