लण्डन ब्रिजमा भएको घटनामा केही घाइते



ब्रिटेनको राजधानी लण्डनको केन्द्रस्थित लण्डन ब्रिजमा भएको घटनामा केही मानिस घाइते भएको विश्वास गरिएको प्रहरीले बताएको छ।

मेट्रोपोलिटन प्रहरीले उक्त पुल नजिकैको परिसरमा स्थानीय समय दिउसोको २ बज्न लाग्दा चक्कु प्रहारको घटना भएको भन्दै आफूहरूलाई बोलाइएको बताएको छ।

मेट प्रहरीका अनुसार एकजना पुरुषलाई प्रहरीले गोली प्रहार गरेको छ। उसले यो घटना अझै अस्पष्ट भएको भए तापनि ‘आतङ्कवादी घटना झैँ’ गरी व्यवहार गरिरहेको बताएको छ।

उसले एकजना पुरुषलाई पक्राउ गरिएको पनि बतायो। प्रधानमन्त्री बोरिस जन्सनले ट्वीट गर्दै आफूले उक्त घटनाबारे लगातार जानकारी लिइरहेको भन्दै प्रहरी तथा आपतकालीन सेवा प्रदायकहरूलाई धन्यवाद दिएका छन्।

लण्डनको एम्बुलेन्स सेवाले ‘ठूलो घटना’ भएको बताएको छ। लण्डन ब्रिजलाई प्रहरीले बन्द गराइदिएका छन्।

बीबीसी संवाददाता जोन म्याकम्यानसले पुरुषहरूको एक समूह सो पुलमा झगडा गरिरहेको देखेको बताए। प्रहरी आइपुगेपछि त्यहाँ गोली चलेको उनले जानकारी दिए।

उसले त्यस क्षेत्रमा रहेका मानिसहरूलाई काममा खटिएका प्रहरी अधिकारीहरूको सुझावलाई मान्न आग्रह गरेको छ।

म्याकम्यानसले बीबीसी न्यूज च्यानललाई भने, “केही समयअघि म लण्डन ब्रिजबाट हिँडिरहेको थिएँ। त्यहाँ छेउमा एउटा झगडा भइरहेको देखियो। त्यहाँ एकजना व्यक्तिलाई धेरैजनाले आक्रमण गरिरहेका थिए। त्यसलगत्तै प्रहरी आइपुग्यो र केही राउन्ड गोली चल्यो।”

घटनास्थलमा प्रहरी तथा एम्बुलेन्स देखिएको र त्यहाँ मानिसहरूलाई जान नदिइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग