डोनल्ड ट्रम्प अफगानिस्तान भ्रमणमा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले  अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका छन्।

त्यस क्रममा उनले अमेरिका र तालिबान विद्रोहीबीच वार्ता भइरहेको बताए। बाग्राम सैन्य अखडामा अमेरिकी सेनालाई सम्बोधन गर्दै ट्रम्पले भने, “तालिबानहरूले वार्तामार्फत् सहमति जुटाउन चाहिरहेका छन्।”

आफ्नो पहिलो अफगानिस्तान भ्रमणका अवसरमा उनले अफगान राष्ट्रपति असरफ गनीसँग पनि भेटघाट गरेका छन्।

शान्ति वार्ता थाल्ने उद्देश्यले अमेरिका र तालिबानबीच भएको बन्दी आदानप्रदानपछि ट्रम्पले थ्याङ्क्सगिभिङ भनिने अमेरिकी पर्वको अवसरमा अचानक अफगानिस्तान भ्रमण गरेका हुन्।

त्यस क्रममा ट्रम्पले अमेरिकाले सैनिकको सङ्ख्यालाई उल्लेखनीय रूपमा घटाउन लागेको बताए। अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन्।

सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ।

शान्ति वार्ताको पहल सुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो। तर औपचारिक वार्ता भने अझै सुरु भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा