सुरक्षाकर्मीको गोली लागि इराकमा २२ प्रदर्शनकारीको मृत्यु



इराकको दक्षिणी शहर नसरियामा भएको पछिल्लो सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २२ जना प्रदर्शनकारी मारिएका छन्।

प्रदर्शनकारीहरूले कैयौँ दिनदेखि कब्जा गरेका दुईवटा पुल खाली गराउने क्रमममा गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।

सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास समेत प्रहार गरेका थिए। अन्य ७० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्। इराकीहरूले रोजगारी, भ्रष्ट्राचारको अन्त्य र सार्वजनिक सेवा सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्।

इराकी सेनाले अशान्ति हटाउनका लागि सैन्य “संकटसँग जुध्ने एकाइ” गठन गरेको जनाएको छ। नसरिया शहरस्थित एक सूत्रका अनुसार प्रदर्शनकारीहरूले त्यहाँको सुरक्षा फौज इकाइको मुख्यालयमा आगो लगाइदिएका छन्। गत दुई महिनायता इराकमा फैलिएको प्रदर्शनक कारण सयौँ मानिसको ज्यान गइसकेको छ।

बीबीसी सम्वाददाता मार्टिन प्यासियन्स भन्छन्, “अनलाइनमा राखिएका भिडिओहरूमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीविरुद्ध ढुङ्गा हानेको र गुलेली प्रयोग गरेको देखिन्छ। उनीहरूले भ्रस्टाचार, बेरोजगारी तथा कमसल सार्वजनिक सेवाको विरोध गरिरहेका छन्।”

प्रदर्शनकारीहरूको आक्रोश बढ्दै जाँदा समग्र राजनीतिक नेतृत्व नै निशानामा परेका छन्। प्रदर्शनमा सहभागीहरूमध्ये धेरैले इराकी आन्तरिक मामिलामा इरानको हस्तक्षेप भएको भन्दै त्यसप्रति पनि आक्रोश व्यक्त गरिरहेका छन्।

अमेरिकी नेतृत्वको सेनाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनको शासन अन्त्य गरेदेखि नै त्यहाँ इरानको प्रभाव बढिरहेको ठानिन्छ।

इरानकै कारण इराकभित्र भ्रस्टाचार बढेको र सरकार असफल भएको उनीहरूको आरोप रहने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।