विजेपीकी सांसद प्रज्ञा ठाकुरले महात्मा गान्धीका हत्यारालाई देशभक्त भनेपछि……



सत्तासीन भारतीय जनता पार्टीका एकजना विवादास्पद सांसदलाई महात्मा गान्धीका हत्यारालाई ‘एक देशभक्त’ भनेपछि महत्वपूर्ण संसदीय समितिबाट हटाइएको छ।

प्रज्ञा ठाकुरको सो भनाइबारे अनलाइनमा ठूलो आलोचना भएपछि उनको दलले सो भनाइप्रति खेद व्यक्त गरेको छ।

ठाकुरले नाथुराम गोडसेलाई देशभक्त भनेको यो दोस्रो पटक हो। पहिलो पटक उनले मेमा सो अभिव्यक्ति दिएकी थिइन्। उनीमाथि सन् २००८ मा छ जना मारिएको र एक सय जना घाइते भएको विस्फोटनमा संलग्न भएको आरोप छ।

ठाकुरले ती आरोपहरूलाई अस्वीकार गरेकी छन् र हाल धरौटीमा छुटेर बाहिर रहेकी छन्। संसद्‍को तल्लो सदनको छलफलको क्रममा उनले बुधवार गोड्सेलाई देशभक्त भनेकी थिइन्।

उनको दल र सरकार दुवैले उनको त्यो विवादास्पद अभिव्यक्तिको आलोचना गरेका छन्। बिहीवार संसद्‍मा बोल्दै रक्षामन्त्री राजनाथ सिंहले उनको अभिव्यक्तिको आलोचना गरे।

“हामी नाथुराम गोडसेलाई देशभक्त भनेर व्याख्या गर्ने कुनैपनि दर्शनप्रति खेद व्यक्त गर्छौँ।” सिंहले गान्धीको दर्शन अझै सान्दर्भिक रहेको भन्दै उनलाई मार्गदर्शकको रूपमा व्याख्या गरे।

बिहीवार ठाकुरको नाम ट्विटरका सबैभन्दा धेरै प्रयोग गरिएको नाम बनेको थियो र अधिकांश ट्वीटमा उनको आलोचना गरिएको थियो।

उनलाई उनको दलले निष्काशन गर्नुपर्ने आवाज पनि उठेको थियो। तर ठाकुरको अभिव्यक्ति गान्धीलाई नरमपन्थी मान्ने कतिपय दक्षिणपन्थी हिन्दुहरूको विचारसँग मेल खान्छ।

सन् १९४८ मा राष्ट्रवादी दक्षिणपन्थी समूहका कार्यकर्ता रहेका गोडसेले नजिकैबाट गान्धीको छातीमा तीन गोली प्रहार गरेका थिए। हिन्दु रमपन्थीहरूले गान्धीलाई मुसलमानहरूप्रति नरम रहेको र त्यसकै कारण ब्रिटेनसँगको स्वतन्त्रतापश्चात् देश टुक्रिएको र हिंसा फैलिएको मान्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।