चीनको बढ्दो विश्वव्यापी उपस्थिति, अमेरिकाभन्दा चीन अगाडि



पहिलो पटक चीनको संसारमा सबैभन्दा धेरै कूटनीतिक उपस्थिति भएको एक अस्ट्रेलियाली संस्थाले जनाएको छ।

लोयी इन्स्टिट्युटका अनुसार सन् २०१९ मा संसारभर चीनको राजदूतावास र अन्य कूटनीतिक कार्यालयहरूको सङ्ख्या २७६ पुगेको छ, जुन अमेरिकाको भन्दा धैरै हो।

अमेरिकाको संसारभर २७३ त्यस्ता कार्यालय छन् भने त्यसपछि क्रमश: फ्रान्स, जापान र रुस छन्। यूके एघारौँ स्थानमा छ।

सो प्रतिवेदनमा राजदूतावास, उच्च आयोग र वाणिज्य दूतावासहरू गणना गरिएका छन् र यसका अध्ययनकर्ताहरूले यो अङ्कले भूराजनीतिक पहुँचको शक्ति र कमजोरी देखाउने बताएका छन्।

चीनको कूटनीतिक उपस्थिति हालैका वर्षहरूमा तीव्र गतिमा बढेको हो। सन् २०१६ मा अमेरिका र फ्रान्सपछि तेस्रो स्थानमा रहेको चीन सन् २०१७ मा दोस्रो स्थानमा पुगेको थियो।

अमेरिकाको पनि सन् २०१६ यता दुई स्थानमा कूटनीतिक उपस्थिति थपिएको छ।

यूकेको भने यो अवधिमा कूटनीतिक उपस्थिति कम भएको छ। सन् २०१६ मा २१६ स्थानमा रहेको यूकेको उपस्थिति अहिले २०५ स्थानमा मात्रै छ।

दक्षिण एशियाली मुलुकहरूमा भने सबैभन्दा बढी कूटनीतिक उपस्थिति भारतको छ, जसको विश्वमा १८६ स्थानमा कुटनीति कार्यालय छन्।

पाकिस्तानको ११७ स्थानमा, बाङ्ग्लादेशको ७५ र श्रीलङ्काको ६७ स्थानमा कूटनीतिक उपस्थिति छ। प्रतिवेदनका अनुसार नेपालको ३९ स्थानमा कूटनीतिक उपस्थिति छ जुन सन् २०१६ भन्दा तीनवटा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को