कालो धन विज्ञ अमेरिकी प्राध्यापक नै कालो धन थुपारेको आरोपमा पक्राउ



लागुऔषध ओसारपसार र नियोजित अपराधबारे किताब लेखेका अमेरिकी विश्वविद्यालयका एकजना प्राध्यापकलाई अधिकारीहरूले कालो धनबाट २५ लाख डलर कमाएको आरोप लगाएका छन्।

प्राध्यापक ब्रुस बागलेले भेनेजुएलाबाट ल्याइएको कालो धन स्वीट्जरल्याण्ड र यूएईमा रहेका ब्याङ्क खाताहरूबाट प्राप्त गरेको दाबी अभियोजनकर्ताहरूले गरेका छन्।

चार वर्षअघि उनले ड्रग ट्राफिकिङ अर्गनाइज्ड क्राइम एन्ड भायोलेन्स इन द अमेरिकाज टुडे भन्ने पुस्तकको सहलेखन गरेका थिए जसमा “कालो धनको ओसारपसार भरमार चलेको गतिविधि” भनिएको छ।

सीबीएस न्यूजसँग बोल्दै इन्टर्न्याश्नल स्टडिजका प्राध्यापक बागलेले आरोप अस्वीकार गर्दै भने: “मलाई केही भएको छैन। आफूलाई दोषी महसुस गर्दिन। उनीहरूले त्यसलाई पुरै गलत बुझिरहेका छन्।”

न्यूयोर्कका अधिकारीहरूले बागलेले फ्लोरिडा ब्याङ्कमा आफ्नो श्रीमतीको साथमा एउटा खाता खोलेको आरोप लगाएका छन्।

सन् २०१७ को नोभेम्बरदेखि उक्त खातामा यूएईमा रहेको कोलम्बियाली नागरिकको नियन्त्रणमा रहेको खाद्य कम्पनीबाट पैसा आउन थालेको थियो।

ती कोलम्बियाली नागरिकको नाम र भेनेजुएलाबाट पैसा आउने प्रक्रिया भने खुलाइएको छैन। बागलेको पुस्तकमा कालो धन ओसारपसार कसरी हुन्छ भन्ने प्रक्रिया “असाध्यै जटिल” रहेको बताइएको छ।

अभियोजनकर्ताहरूले खातामा आउने रकम भेनेजुयलामा “घुस र भ्रष्टाचार” का क्रममा प्राप्त भएको दाबी गरेका छन्। यो मुद्दा भेनेजुएलामा हुने भ्रष्टाचारको रकम अमेरिकी वित्तीय प्रणालीको प्रयोग गरेर कसरी ओसारपसार हुन्छ र अमेरिकी कानून कहाँ दुरुपयोग हुन्छ भन्ने बुझ्ने प्रयत्नको एक अंश रहेको बताइएको छ।

भेनेजुएलामा आर्थिक डाँवाडोल भएका कारण दशौँ लाख मानिसहरू देश छोड्न बाध्य भएका छन्। बागलेलाई कालो धनसम्बन्धी तीन आरोप लगाइएका छन् र ती प्रत्येक आरोप प्रमाणित भएका अधिकतम २० वर्षको जेल सजाय हुनसक्ने व्यवस्था छ।

मायामी सङ्घीय अदालतमा उपस्थित भएर उनी तीन लाख अमेरिकी डलर धरौटीमा छुटेका छन्। प्राध्यापन बाहेक उनले अदालतमा उपस्थित भएर विभिन्न मुद्दामा विज्ञको रूपमा काम गरेका छन्।

त्यसैगरी अमेरिकी कङ्ग्रेसको सिनेट कमिटिहरूमा पनि विज्ञका रूपमा उनले बयान दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानद्वारा आणविक केन्द्र बन्द

  इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

  भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको

जर्मन चान्सलर सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेन शान्तिबारे छलफल गर्ने

  जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती