अल्बेनियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुग्यो, ४० को जिवितै उद्दार



अल्बेनियामा २० जनाको ज्यान जाने गरि गएको ठूलो भूकम्पपछि उद्धारकर्ताहरू रातभरि घाइते तथा बेपत्ताको खोजीमा जुटेका छन्।

६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु राजधानी टिरानाबाट ३४ किलोमिटर उत्तरपश्चित तर्फ रहेको बताइएको छ।

मानिसहरू सुतिरहेको बेला बिहान सबेरै भूकम्प गएको थियो। भवनहरूमा च्यापिएका मानिसहरूको खोजी कार्य अहोरात्र चलिरहेको छ।

केन्द्रविन्दु नजिकका डुरेस र थुमान नगरमा सबैभन्दा बढी क्षति भएको बताइएको छ। ती स्थानमा विपद् पीडितको बसोबासका लागि अस्थायी शिविरहरू बनाइएको छ।

प्रधानमन्त्री एदी रामाले उद्धारकर्ताहरूले पीडितको सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

उनले ‘हराइरहेका मानिसहरूको धैर्यका साथ अन्त्यसम्म नै खोजी गरिने’ बताए। सरकारले बुधवार राष्ट्रिय शोक घोषणा गरेको छ।

युरोपेली आयोगले इटली, ग्रिस र रुमानियाबाट उद्धारकर्ताहरू पठाइएको जनाएको छ। कोसोभो र मोन्टिनिग्रोबाट पनि उद्धार टोलीहरू अल्बेनिया गएको बताइएको छ।

मङ्गलवारको भूकम्प दशकौँपछि अल्बेनियामा गएको सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन्।

करिब १५ जना मानिस अझै हराइरहेका छन्। भत्किएका भवनका भग्नावशेषबाट ४० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

सैनिक, प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरू टाउकोमा टर्च जोडेर भवनका भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।

तटीय नगर डुरेस र राजधानी टिरानादेखि उत्तरतिर पर्ने थुमान नगरमा कैयौँ घाइतेको जीवितै उद्धार गरिएको छ। कम्पपछि हजारौँ अल्बेनियालीहरू घरबार विहीन भएका छन् र उनीहरू सेनाले बनाएका शिविरमा बस्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’

विश्वकै ‘गरिब राष्ट्रपति’ उरुग्वेका जोसे मुजिकाको निधन

बीबीसी । ‘पेपे’ भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा