सपथ लिएको चार दिन नबित्दै महाराष्ट्रका मुख्यमन्त्रीले दिए राजीनामा



भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिएका छन्। तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन्।

यसअघि आजै भारतको सर्वोच्च अदालतले उनलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो। राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताए।

अक्टोबर २१ मा २८८ सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले १०५ सिट ल्याएको थियो। शिव सेनालाई मुख्यमन्त्री दिने वाचा गरेर गठबन्धन गरेको भाजपा चुनाव पछि भने मुख्यमन्त्री आफ्नै पार्टीको हुने बताएको थियो।

त्यसपछि भाजपा र शिव सेनाको गठबन्धन टुटेको थियो। भाजपाले सरकार बनाउन नसक्ने भएपछि हतारमा राज्यपाल भगतसिंह कोशीयारीले राष्ट्रपति शासनको सिफारिस गरेका थिए। नोभेम्बर १२मा प्रदेशमा राष्ट्रपति शासन लागू भएको थियो।

त्यसपछि ५६ सिट भएको सेना,५४ सिट भएको राष्ट्रवादी कांग्रेस९एनसिपी० र ४४ सिट जितेको कंग्रेसले शुक्रबार साँझ सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका थिए। तर भाजपाले एनसिपीका संसदीय दलका नेता अजित पवारलाई हात लिएर रातारात सरकार बनाएको थियो।

शनिबार मध्यरातपछि राज्यपाल कोशियारीले भाजपा र एनसिपीलाई सरकार बनाउन आमन्त्रण गर्दै गुपचुपमा आइतबार बिहान राष्ट्रपति शासन फिर्ता गर्न सिफारिस गरी एकाबिहानै फडनाविसलाई मुख्यमन्त्री र पवारलाई उपमुख्यमन्त्रीको शपथ गराएका थिए।

विपक्षी दलहरुले यी सबै कुरा आइतबार बिहान शपथ ग्रहण गरेपछि मात्रै थाहा पाएका थिए। त्यसपछि एनसिपीका प्रमुख शरद पवारले भाजपासँग सरकार बनाउने निर्णय उनका भतिजा अजित पवारको व्यक्तिगत भएको बताउँदै अजितलाई संसदीय दलको नेताबाट निष्कासन गरेका थिए।

विधानसभामा आफ्नो स्पष्ट बहुमत भएको भन्दै सेना, एनसिपी र कंग्रेसले तुरून्तै फडनाविसलाई बहुमत सावित गर्न आदेश मागेर सर्वोच्च गएका थिए।

सो निवेदनमा मंगलबार निर्णय गर्दै सर्वोच्चले फडनाविसलाई बुधबारसम्म बहुमत देखाउन आदेश दिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध