अल्बानियामा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प, कम्तीमा चारको मृत्यु, १५० भन्दा बढी घाइते



अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन् ।

भूकम्प ६ दशमलव ४ म्याग्नीच्युडको भएको जनाइएको छ । मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।

अर्का एक महिला र एक पुरुषको शव राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो । घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निकारागुवामा भएको सवारी दुर्घटनामा १७ जनाको मृत्यु, २५ घाइते

निकारागुवामा मंगलबार भएको सवारी दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह

चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि

बेलिजका प्रधानमन्त्री ब्रिसेनोलाई कोरोना संक्रमण

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले वक्तव्य

साउदी अरबमा शल्यक्रिया गर्न लागेका चिकित्सकको मृत्यु

साउदी अरबस्थित एउटा सरकारी अस्पतालमा बिरामीको शल्यक्रिया गर्न लागेका एक चिकित्सकको मृत्यु भएको