अल्बानियामा ६ दशमलव ४ म्याग्नीच्युडको भूकम्प, कम्तीमा चारको मृत्यु, १५० भन्दा बढी घाइते


अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन् ।

भूकम्प ६ दशमलव ४ म्याग्नीच्युडको भएको जनाइएको छ । मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् ।

अर्का एक महिला र एक पुरुषको शव राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो । घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।