जर्मनीको सङ्ग्रहालयबाट हीराका बहुमूल्य गहना चोरी

पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएका छन्। ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ।

सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा निर्मित तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका थिए।

त्यो सङ्ग्रहालयका निर्देशकले ती गहनाको मूल्य तोक्नै नसकिने बताउँदै तिनको ठूलो सांस्कृतिक मूल्य भएको बताएका छन्। ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ।

प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन्।

ड्रेस्डेन ग्रीन भल्ट उक्त सुरक्षित स्थानबाट चोरी भएका प्रत्येक गहनामा ३७ वटा भाग छन्। एकाबिहानै चोरहरू त्यहाँ कसरी पुगे भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

ड्रेस्डेन कला सङ्ग्रहालयका प्रमुख म्यारिअन एकेर्मनले भनिन्, “दशमध्ये हीराका गहनाका तीन थान हराएका छन्।” ग्रीन भल्टबाट चोरी भएका गहनामा केही माणिक, पन्ना र नीलमणी पनि रहेको बताइएको छ।

एकेर्मनले चोरी भएका गहनाको मूल्य तोक्न नसकिने बताइन्। तर जर्मन पत्रिका बिल्डको अनुमानमा तिनको मूल्य करिब एक अर्ब युरो (अर्थात् १२६ अर्ब रुपैयाँ) जति हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका