वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च



सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च भएको छ।

विश्व जलवायु सङ्गठनका अनुसार त्यो वृद्धि गत दशकको औसत स्तरभन्दा माथि छ। मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको स्तर पनि औसतभन्दा बढी पाइएको छ।

सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ।

सो सङ्गठनको पछिल्लो प्रतिवेदनले उत्सर्जनभन्दा पनि वायुमण्डलमा त्यस्ता ग्यासका परिमाण अध्ययन गरेको थियो। यो अध्ययनको हकमा उत्सर्जन र परिमाणबीचको फरक भनेको उत्सर्जनले केवल वायुमण्डलमा फ्याँकिएको ग्यास बताउँछ जुन खासगरी इन्धन प्रयोग गरेर, कोइला बालेर वा वनविनाशका कारण हुने गर्छ।

परिमाणले चाहिँ उत्सर्जित भइसकेको ग्यासमध्ये समुद्र वा वन वा जमिनले सोसेर वायुमण्डलमै बाँकी रहेको स्तर जनाउँछ। सामान्यतया उत्सर्जित कार्बनमध्ये करिब एक चौथाइ समुद्रले सोस्छ भने त्यतिकै जति जमिन तथा जङ्गलले सोस्छन्।

विद्यमान प्रवृत्तिका कारण जलवायु परिवर्तनको अत्यन्त खराब असर झन् झन् उजागर हुन थालेको उसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको