एसिक्स आप्रवासी मृत्यु प्रकरणः लरी चालकद्वारा अवैध रूपमा मानिस ओसारपसारमा संलग्न भएको स्वीकार



यूकेको एसिक्समा ३९ वटा शव भेटिएको लरीका चालकले अवैध रूपमा मानिस ओसारपसार गर्ने योजनामा आफू संलग्न भएको स्वीकार गरेका छन्।

अदातलमा मोरस रोबिन्सनले अरू मानिससँग मिलेर मे १, २०१८ देखि अक्टोबर २४, २०१९ सम्म आफूले अवैध आप्रवासनको षड्यन्त्रमा सहयोग पुर्‍याएको स्वीकारेका हुन्।

पच्चीस वर्षीय रोबिन्सनलाई गैरकानुनी रूपमा विदेशी नागरिकहरूलाई यूके ल्याउने एउटा ठूलो योजनामा सहभागी भएको आरोप लागेको छ।

तर उनलाई ३९ जनाको हत्याको अभियोग स्वीकार्न भनिएको थिएन। गत अक्टोबर २३ मा ग्रेज वाटरग्लेड औद्योगिक क्षेत्रमा रोकेर राखिएको एउटा लरीमा ३९ जना भियतनामी नागरिकको शव फेला परेका थिए। तीमध्ये केही किशोरकिशोरीका शव पनि थिए।

सोमवार उनलाई भिडिओमार्फत् अदालतमा पेस गरिएको थियो। उनले आफ्नो नाम बताएका थिए र आफू ब्रिटिश नागरिक भएको पुष्टि गरेका थिए।

उनले गत वर्ष मे महिनादेखि यो वर्ष अक्टोबर महिनासम्म अपराध गरेबापत रकम लिएको स्वीकारे। उनलाई मानव तस्करी र कालोधन स्थानान्तरण गरेका अभियोगहरू लगाइएको छ।

उनी डिसेम्बर १३ मा अर्को सुनुवाइ नभएसम्म हिरासतमा रहनेछन्। लरीमा आठ महिला र दुई १५ वर्षे किशोरसहित ३१ पुरुष थिए। नोर्दर्न आयरल्यान्डका २३ वर्षीय क्रिस्टोफर केनेडीलाई पनि मानव तस्करीको मुद्दा लगाइएको छ।

उनलाई ती मृत भियतनामीको यात्राको बन्दोबस्त मिलाएको र यूकेको आप्रवासन कानुन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको छ। उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका अन्य तीन जना धरौटीमा छुटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लण्डनमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना

  लन्डन । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण

काबुलमा भएको आत्मघाती बम हमलामा परी कम्तीमा ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल नजिकैको एक शैक्षिक संस्थालाई लक्षित गरेर गरिएको आत्मघाती बम हमलामा

विश्वमाा तीन करोड १६ लाख कोरोना संक्रमणमुक्त,१ करोड बढी सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर बढेसंगै विश्वभर सक्रिय संक्रमितको संख्या

ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन,सात दिनसम्म आधा झण्डा झुकाइने

ब्रुनई । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको असामयिक निधन भएको छ । ३८