ब्रजिलमा फुटबल क्लबको विजयी र्‍यालीमा प्रशंसक र प्रहरीबीच भिडन्त



ब्रजिलको रिओ नगरमा फुटबल प्रशंसक र दङ्गा प्रहरीबीच भिडन्तहरू भएका छन्। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्ने फ्लेमिङ्गुका समर्थकहरूले विजयोत्सव मनाउने क्रममा स्थिति अनियन्त्रित भएको थियो।

कोपा लिबर्टाडोरेस जितेर घर फर्किएको क्लबका खेलाडीहरूलाई स्वागत गर्न हजारौँ मानिसहरू रिओको मध्य भागमा भेला भएका थिए।

तर विजय र्‍यालीको उत्तरार्धतिर परिस्थिति बिग्रियो। आफूमाथि ढुङ्गा र बोतल प्रहार गरिएपछि प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो।

घटनास्थलमा खिचिएका तस्बिरमा अश्रुग्यास प्रहार भएपछि मानिसहरू भागेको देखिन्छ। भिड अस्तव्यस्त हुँदै गर्दा प्रहरीले बल प्रयोग गरेको पनि देखिन्छ।

विजयोत्सवमा सहभागी प्रशंसकहरूले फ्लामिङ्गु क्लबका खेलाडीको जस्तै रातो र कालो पोसाक लगाएका थिए। पेरुको लिमामा शनिवार आयोजित खेलमा उक्त क्लबले आर्जेन्टिनाको रिभर प्लेट क्लबलाई २-१ गोलले हराएको थियो।विजय र्‍यालीमा सुरक्षाकर्मीहरूले घेरेर खेलाडीहरू चढेको गाडीलाई घुमाएका थिए।

के कारणले भिड अनियन्त्रित भयो र हिंसा सुरु भयो त्यो स्पष्ट हुन सकेको छैन। तर एउटा मुख्य मार्गमा प्रशंसकहरूले सुरक्षाघेरा भङ्ग गर्न खोजेको विवरण स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक