सुमात्रन गैँडा संसारबाट लोप हुने अवस्थामा, अब एक सय भन्दा कम बाँकी



एउटा सुमात्रन गैँडाको मृत्यु भएपछि मलेशियामा उक्त दुर्लभ प्रजाति लोप भएको छ।

मलेशियाको बोर्नियो द्वीपमा शनिवार इमान नामक २५ वर्षे पोथी गैँडाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। उसलाई क्यान्सर भएको थियो। गत वर्ष मे महिनामा सोही प्रजातिको भाले गैँडा मरेको थियो।

पहिला सुमात्रन गैँडा एशियाभरि पाइन्थ्यो। तर अहिले प्राकृतिक वासस्थानबाट उक्त प्रजाति लगभग लोप हुने स्थितिमा पुगेको छ।

अतिसङ्ककटापन्न मानिएको उक्त प्रजातिका गैँडाको सङ्ख्या संसारभर अहिले १०० भन्दा कम छ। “मार्च २०१४ मा नियन्त्रणमा लिइएपछि इमानलाई उसको मृत्युपर्यन्त एकदमै राम्रो स्याहारसुसार गरिएकोथियो,” सबाह प्रान्तकी पर्यटन, संस्कृति र पर्यावरणमन्त्री क्रिस्टिन लिऊले भनिन्।

वासस्थानको विनाश तथा अवैध सिकारका कारण सुमात्रन गैँडाहरू नराम्ररी प्रभावित भएका छन्। उक्त प्रजाति विभिन्न स्थानमा सानो सङ्ख्यामा छरिएकाले गम्भीर सङ्कटमा परेको हो। मलेशियामा सुमात्रन गैँडाको प्रजनन गराउने प्रयास असफल भएको थियो।

  • अहिले गैँडाका पाँच प्रजाति अस्तित्वमा छन्। तीमध्ये अफ्रिकामा दुई र एशियामा तीन प्रजाति छन्।
  • एशियामा पाइने प्रजातिमा सुमात्रन गैँडा पनि हो। यो अस्तित्वमा भएका गैँडामध्ये सबैभन्दा सानो आकारको हुन्छ।
  • यो प्रजातिको १० हजार वर्षअघि लुप्त भएको भुत्ले गैँडासँग नजिकैको सम्बन्ध छ।
  • यो प्रजाति इन्डोनेशियाको सुमात्राका द्वीपहरूमा छरिएर रहेको छ।
  • अहिले प्राकृतिक वासस्थानमा यसको सङ्ख्या १०० भन्दा कम रहेको बताइन्छ।

यो प्रजाति पहिला भुटानदेखि पूर्वोत्तर भारतसम्म, दक्षिण चीन, म्यान्मार, थाईल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, मले प्राय:द्वीप र बोर्नियोमा पनि पाइन्थ्यो।

अहिले यो प्रजाति इन्डोनेशियाको सुमात्रा द्वीपमा सीमित भएको छ र आईयूसीएनले यसलाई अतिसङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। इन्डोनेशिया तथा मलेशियामा केही सुमात्रन गैँडाहरू नियन्त्रित वासस्थानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक