इन्स्टाग्रामले पोर्न चलचित्रका कलाकारहरूको खाता बन्द गरेपछि….



यसै वर्ष सैयौँको सङ्ख्यामा समाजिक सञ्जाल इन्स्टाग्रामले पोर्न चलचित्रका कलाकारहरू एवं यौनकर्मीहरूको खाता बन्द गरिदिएको छ।

कतिपयले यो कदमलाई मूलधारका प्रख्यात व्यक्तित्व भन्दा फरक ढङ्गले उनीहरूलाई हेरिएको अर्थ लगाएका छन्।

वयस्क चलचित्रकर्मीहरूको संस्था एडल्ट पर्फर्मर्स एक्टर्स गिल्डले इन्स्टाग्राम खाता बन्द भएका झण्डै १३ सय जनाको अभिलेख आफूसँग रहेको जनाएको छ।

नग्नता वा यौन सम्बन्धी तस्बिर नहुँदा समेत मापदण्ड विपरित भन्दै खाता बन्द गरिएको उनीहरूको भनाइ छ।

इन्स्टाग्राम विरुद्ध वयस्क मनोरञ्जन उद्योगका कलाकारका तर्फबाट अभियान छेडिरहेकी उक्त संस्थाकी अध्यक्ष एलाना इभान्स भन्छिन्, “उनीहरूले हामीलाई विभेद गरिरहेका छन् किनकी उनीहरूलाई हामीले जीवनयापनका लागि जे गरिरहेका छौँ त्यो मन परिरहेको छैन्।”

उक्त अभियानले गएको जून महिनामा इन्स्टाग्रामका प्रतिनिधिसँग भेट गरेको थियो। त्यसअघि बन्द गरिएका खाता पुन: सञ्चालनका लागि अपिल गर्न सक्ने व्यवस्था इन्स्टाग्रामले गरेको थियो।

तर ग्रीष्मयाम सुरू भए यता वार्ता अवरूद्ध छन् र वयस्क मनोरञ्जन उद्योगका कलाकारहरूले आफ्नो खाता बन्द हुने क्रम नरोकिएको बताएका छन्।

इभान्सले पोर्न स्टार जेसिका जेयम्सको सेप्टेम्बरमा निधन भए पश्चात उनको खाता हटाइएपछि उनको धैर्यता टुटेको बताइन्।

“जब मैले जेसिकाको खाता बन्द गरिएको देखेँ मेरो मन दुख्यो। मेरे धैर्यको बाँध टुट्यो।”

झण्डै ९ लाख जनाले पछ्याइरहेको उक्त खाता पछि पुन: सञ्चालनमा आएको थियो।

सन् २०१८ को अन्त्यबाट आफूहरूविरूद्ध योजनाबद्ध रूपमा खाता हटाउन उजुरी गर्ने अभियान सुरु गरिएको वयस्क मनोरञ्जन उद्योगका कलाकारहरू बताउँछन्।

कतिपय अवस्थामा धम्क्याउने अनि दुर्व्यवहार समेत गर्ने आशय बोकेका सन्देशहरू पनि आएको उनीहरू बताउँछन्।

एक जना नाम नखुलेका तर वयस्क मनोरञ्जन उद्योगमा ‘ओमिड’भनेर चिनिने व्यक्तिले व्यक्तिगत रूपमै सैयौँ खाताहरू बन्द गराउन आफ्नो भूमिका रहेको दाबी गरेका छन्।

सबैभन्दा पहिला निशानामा पर्नेमा पोर्न उद्योगका कलाकार तथा यौनकर्मीको अधिकार सम्बन्धी अभियन्ता जिन्जर ब्याङ्कस थिइन्।

उनी भन्छिन्, “निक्कै लगन र परिश्रम गरेपछि तपाईंले ३ लाख जनाले पछ्याइरहेको खाता बनाउनहुन्छ र त्यो पनि बन्द गरिएपछि तपाईंले पराजित महसुस गर्नुहुन्छ।”

“नियम मान्दा समेत खाता बन्द गरिएको छ जुन ज्यादै दुखदायी हो।”

    • वयस्क चलचित्र उद्योगका कलाकार तथा यौनकर्मीलाई समाजिक सञ्जालबाट हटाइनु आफूहरूलाई बहिस्करणमा पार्ने र मार्केटिङ् सहितका अवसरबाट बञ्चित गर्ने कदम भएको ब्याङ्क्स बताउँछिन्।

 

कतिपय अवस्थामा वयस्क लक्षित मनोरञ्जनात्मक सामग्री बनाउने उद्योगहरूले कलाकारलाई कुनै भूमिका दिनुअघि इन्स्टाग्राममा रहेका फलोअरको सङ्ख्यालाई समेत ध्यान दिने गरेको बताइन्छ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ