हङकङमा चुनावले अस्थिरता अन्त्य गर्ला ?



प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन्।

पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा राखेका छन्।

अधिकारीहरूले मतदान केन्द्रहरूमा गम्भीर समस्या उत्पन्न भयो भने मतदान स्थगित गर्ने धम्की दिएका छन्।हङकङको जिल्ला परिषद्‍मा ४०० भन्दा बढी पार्षद्हरू चुनिनेछन्।

प्रजातन्त्रवादी अभियानकर्ताहरू परिषद्‍मा आफ्नो प्रतिनिधित्व बढाउने आशा राखेका छन्। परिषद्ले प्रमुख कार्यकारी चयनमा परम्परागत रूपमा नै प्रभाव राख्दैआएको छ।

बेइजिङ समर्थक उम्मेदवारहरूले प्रदर्शनकारी र प्रहरीबीच भइरहेको झडपहरूबाट उत्पन्न आरोह अवरोहप्रति निराशा प्रकट गर्न आफूलाई समर्थन गर्न भनेका छन्।

स्थानीय समय अनुसार ७:३० बजे मतदान केन्द्र खुलेका छन्। अहिलेसम्मकै सर्वाधिक ४१ लाख मतदाताले मतदानका लागि नाम लेखाएका छन्। हङकङको जनसङ्ख्या ७४ लाख छ।

४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन्। र पहिलोपटक सबै पदहरूमा चुनाव हुँदैछ। ग्रामीण जिल्लाका लागि २७ सीट छुट्ट्याइएको छ। हाल बेइजिङ समर्थकहरूले उक्त निकायको बहुमत सीट ओगटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं