किन मागे चिनियाँ जासुसले अस्ट्रेलियामा शरण ?



आफू चिनियाँ जासुस भएको दाबी गरेका एक व्यक्तिले अस्ट्रेलियामा शरणका लागि निवेदन दिएका छन्।

वाङ “विलियम” लिकिआङले हङ्‌कङ, ताइवान र अस्ट्रेलियामा गरिएका जासुसीबारे अधिकारीहरूलाई जानकारी दिएको र जासुसी कार्यमा उनी “व्यक्तिगत रूपमा” संलग्न भएको बताइएको छ। अहिले उनी आफ्ना बच्चा र श्रीमतीसहित सिड्नीमा छन्। घर फर्किए मारिन सक्ने उनलाई डर छ।

वाङको पहिचान र उनले लगाएका आरोपहरूको पुष्टि हुन सकेको छैन। तर अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडनबर्गले वाङको विषय अहिले “कानुन कार्यान्वयन गराउने उपयुक्त निकायहरूको हातमा परेको” पत्रकारहरूलाई बताए।

उनले लगाएका आरोपहरू “चिन्ताको विषय” भएको फ्राइडनबर्गको भनाइ थियो। विपक्षी लेबर पार्टीका नेता एन्थोनी एल्बानिजले शरणका लागि वाङको दाबी “जायज हुन सक्ने” बताएका छन्।

नाम उल्लेख नगर्ने शर्तमा एक वरिष्ठ अधिकारीले गुप्तचर निकायहरूले अनुसन्धान गर्दा “तथ्यलाई कल्पनाबाट अलग गर्नुपर्ने” अस्ट्रेलियाली प्रसारक एबीसीलाई बताएका छन्। वाङका असाधारण खाले आरोपहरू अस्ट्रेलियाली सञ्चारमाध्यममा शनिवार पहिलो पटक आएका हुन्।

‘सिक्स्टी मिनट्स’ नामक कार्यक्रममा उनको अन्तर्वार्ता आइतवार राति टेलिभिजनमा प्रसारण गरिनेछ। अस्ट्रेलियाको गुप्तचर निकाय एएसआईओलाई उनले अक्टोबर महिनामा १७ पृष्ठ लामो बयान दिएको बताइएको छ।

त्यसमा उनले गरेका काम र वरिष्ठ गुप्तचर अधिकारीहरूले गर्ने कामकारबाहीबारे उल्लेख गरिएको बताइएको छ। बढ्दो चिन्ताका माझ उनी आफ्नी श्रीमती अध्ययन गर्दै गरेको देश अस्ट्रेलिया गए जहाँ उनीहरू हालसालै जन्मेका आफ्ना छोरासँग बसिरहेका छन्।

“घर गएँ भने म मर्छु,” अन्तर्वार्तामा उनले भनेका छन्। द सिड्नी मर्निङ हेराल्डका अनुसार सन् २०१५ मा अपहरण र पाँचजना पुस्तक विक्रेताको पक्राउ गर्ने काममा आफैँ संलग्न रहेको उनले बताएका छन्।

मानिसहरूलाई अपहरण गराएको भन्ने दाबी चीनले अस्वीकार गरेको छ। कानुन कार्यान्वयन गराउने चिनियाँ निकायको क्षेत्राधिकार हङ्‌कङमा पर्दैन।

गत वर्षको सन्दिग्ध अपराधीलाई चीन पठाउन अनुमति दिने एउटा विधेयक हङ्‌कङमा ल्याइएपछि त्यसले व्यापक विरोध निम्त्यायो।

त्यसयता हङ्‌कङमा पूर्ण प्रजातन्त्रको मागसहित व्यापक प्रदर्शन हुँदै आएका छन्। चीनले हङ्‌कङको प्रदर्शनमा ‘विदेशी शक्तिहरूको हात रहेको’ आरोप लगाउँदै आएको छ।

हङ्‌कङ चीनकै एउटा हिस्सा भए पनि त्यहाँका नागरिकले चीनमा भन्दा बढी र फरक अधिकारको उपभोग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस।  अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मंगलबार २१ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण

आगलागीबाट नाइजेरियामा १७ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा मङ्गलबार राति छात्रावासमा भएको आगलागीमा परी कम्तीमा

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान