भारतमा सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि प्रधानाध्यापक निलम्बित



भारतमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।

शेहला शेरिनका सहपाठी तथा परिवारका सदस्यहरूले उक्त घटनामा विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेको आरोप लगाएका छन्।

उक्त घटनाले केरला राज्यमा आक्रोश उत्पन्न भएको छ। स्थानीय अधिकारीहरूले उक्त विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन्। प्राप्त विवरणअनुसार सर्प कङ्क्रिटको भुइँमा एउटा दुलोमा बसेको थियो।

उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेको एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्तै गरेनन्। ती शिक्षक पनि निलम्बनमा परेका छन्।

एक घण्टापछि श‍ेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गए। त्यस बेलासम्म उनलाई अस्पताल लगिएको थिएन।

उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा