भारतमा सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि प्रधानाध्यापक निलम्बित



भारतमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।

शेहला शेरिनका सहपाठी तथा परिवारका सदस्यहरूले उक्त घटनामा विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेको आरोप लगाएका छन्।

उक्त घटनाले केरला राज्यमा आक्रोश उत्पन्न भएको छ। स्थानीय अधिकारीहरूले उक्त विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन्। प्राप्त विवरणअनुसार सर्प कङ्क्रिटको भुइँमा एउटा दुलोमा बसेको थियो।

उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेको एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्तै गरेनन्। ती शिक्षक पनि निलम्बनमा परेका छन्।

एक घण्टापछि श‍ेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गए। त्यस बेलासम्म उनलाई अस्पताल लगिएको थिएन।

उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० जना अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि

ट्युनिसियामा डुंगा पल्टिँदा २७ आप्रवासीको मृत्यु, ८३ को उद्धार

ट्युनिस । मध्य ट्युनिसियामा दुई डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित २७ आप्रवासीको मृत्यु

राजद्रोहको आरोपमा पक्राउ परेका हिन्दू भिक्षुलाई जमानत दिन बङ्गलादेशको अदालतद्वारा अस्वीकार

बङ्गलादेश । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी

सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित

काठमाडौं । जनताको मताधिकारका आधारमा शासन सञ्चालनका लागि निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा