सिरियाको युद्धमा फसेका बालबालिकालाई फर्काउन आग्रह



सिरियाको युद्धमा फसेका ब्रिटेनका बालबालिकालाई घर फिर्ता ल्याइन लागेको ब्रिटेनका विदेश मन्त्रीले बताएका छन्।

सिरियामा इस्लामिक स्टेट विद्रोही परास्त भएपछि उनीहरू त्यहाँबाट स्वदेश फर्काइने ब्रिटिश बालबालिकाको पहिलो समूह हुनेछन्।

परोपकारी संस्थाहरूले सिरियामा फसेका सबै ब्रिटिश बालबालिकालाई घर फर्काउन आग्रह गरिरहेका छन्।

विदेश मन्त्री डोमिनिक राबले ती अवोध बालबालिकाहरूलाई युद्धभूमिको त्रास भोग्न बाध्य पारिएको भन्दै खेद प्रकट गरे।

उनले ती बालबालिकाहरूको गोपनियताको अधिकारको सम्मान गरिने बताए। बीबीसी संवाददाताका अनुसार ती बालबालिकाले सिरिया छोडिसकेका छन्।

गत मार्चमा इस्लामिक स्टेट परास्त भएपछि त्यहाँ रहेका विदेशी र तिनका बालबालिकाको भविष्यबारे विभिन्न प्रश्न उठिरहेका छन्।

फ्रान्स डेनमार्क, नर्वे र काजख्स्तानबाट आईएसलाई सघाउन सिरिया पुगेका आमाबाबुका छोराछोरी अहिले आफ्नो देश फिर्ता भइससकेका छन्।

सेभ् द चिल्ड्रेन नामक संस्थाको अनुमानमा ६० जना जति ब्रिटिश बालबालिकाहरू सिरियामा फसेका छन्।

उनीहरू यो हिउँदको चिसोमा कठ्याङ्ग्रिन बाध्य छन्। आफ्ना आमाबाबुले गरेको अपराधको सजाय बालबालिकाले पाउनु हुँदैन भन्ने विषयमा अहिले योरोपभरि बहस चर्किरहेको छ।

यसैबीच नेदरल्याण्ड्सको एक अदालतमा उत्तरी सिरियामा रहेका ६० डच बालबालिकालाई स्वदेश फर्काउनु भन्ने अर्को अदालतको आदेशको विपक्षमा सरकारले दायर गरेको निवेदनमाथि सुनुवाइ पूरा भएको छ।

पुनरावेदन अदालतले सरकार ती बालबालिकालाई फर्काउन सघाउन बाध्य नहुने निर्णय सुनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प

  दक्षिणी भानुआतुमा बिहीबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण

सेसेल्समा विस्फोटक पदार्थ भण्डारमा विस्फोट हुँदा ६६ जना घाइते

  सेसेल्समा बिहीबार एउटा विस्फोटक भण्डारमा भएको ठूलो विस्फोटमा ६६ जना घाइते भएका

जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलमुक्त

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा