कङ्गोमा दादुराको महामारीबाट पाँच हजारको मृत्यु, दुई लाख ५० हजार प्रभावित



प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ। यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ। कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ। अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ। तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने सङ्ख्याभन्दा आधाले पनि कम हो।

त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन्।  दादुरा एउटा भाइरसका कारण लाग्छ। सङ्क्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ। त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्वीटरमा एलन मस्कका सबैभन्दा धेरै फलोअर्स

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको

रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने

रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ

इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको