इजरेलका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप



इजरेलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको तीनथरी अलग-अलग अभियोग लगाएका छन्।

नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ।

प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको आरोप लगाए।

उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए।

टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर आफ्नो पछि लागेको बताए र अनुसन्धानकर्ताहरूमाथि अनुसन्धान गर्न देशलाई आग्रह गरे।

महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले आफूले गह्रुँगो मनले निर्णय लिएको बताए, तर त्यसबाट इजरेलमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि नरहेको देखाएको टिप्पणी गरे।

उनले भने, “कानुनको कार्यान्वयन छनोट होइन, वामपन्थी वा दक्षिणपन्थीको विषय होइन्। यो राजनीतिक विषय होइन्। ”

महान्यायाधिवक्ताको घोषणा एप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको छ।

नेतन्याहुका प्रधानमन्त्री पदका प्रतिस्पर्धी बेनी गन्ट्सले बुधवार संसद्‍मा बहुमतसहितको गठबन्धन सरकार बनाउन आफू विफल भएको बताएका थिए।

यसअघि नेतन्याहु पनि त्यसो गर्न विफल भएपछि गन्ट्सलाई उक्त प्रयास गर्ने अवसर दिइएको थियो। राष्ट्रपति रूभेन रुबिभ्लिनले बिहीवार सांसदहरूलाई २१ दिनभित्र प्रधानमन्त्रीको उम्मेदवारमा सहमति जुटाउन र एक वर्षभित्र तेस्रो चुनावको सम्भावना रोक्न आग्रह गरेका थिए।

महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटले फेब्रुअरीमा आफूले नेतन्याहुलाई मुद्दा १०००, मुद्दा २००० र मुद्दा ४००० भनिने तीनथरी अभियोग लगाउन चाहेको बताएका थिए। त्यसबारे रोकिएको अन्तिम सुनुवाइ अन्तत: गत महिना भएको थियो।

मुद्दा १०००: यो मुद्दामा नेतन्याहुमाथि जालझेल र विश्वासघात गरेको अभियोग लगाइएको छ। उनीविरुद्ध सहयोगको बदलामा धनाढ्य मित्रबाट पिङ्क शम्पेन भनिने मदिरा र धुमपान गर्ने सिगारहरूसहित महङ्गा उपहार स्वीकार गरेको आरोप छ।

नेतन्याहुले ती मित्रताको प्रतीक भएको र त्यसको बदलामा कुनै अनुचित काम नगरेको बताएका छन्। उनका साथीले पनि गलत काम गरेको कुरा अस्वीकार गरेका छन्।

मुद्दा २०००यसअन्तर्गत पनि नेतन्याहुले जालसाजी र निष्ठा तोडेको आरोप छ। उनले आफ्नो पक्षमा समाचार प्रवाह गर्ने र बदलामा प्रतिद्वन्द्वी दैनिकलाई कमजोर पार्ने कानुनको प्रबर्द्धन गर्न एउटा प्रमुख पत्रिकाका प्रकाशकसँग सहमति गरेको अभियोग छ।

प्रकाशकमाथि घुस लिएको आरोप लगाइएको छ। प्रधानमन्त्रीले गलत काम गरेको अस्वीकार गरेका छन्। दुवैले बैठकमा भएको छलफलका विषयलाई प्रश्रय दिने उद्देश्य नराखेको र कानुन पारित नभएको बताएका छन्।

मुद्दा ४०००:यसलाई सबैभन्दा गम्भीर मुद्दाको रूपमा लिइन्छ। किनकि नेतन्याहुमाथि घुस लिएको र सँगै जालझेल र विश्वासघात गरेको अभियोग छ।

नेतन्याहुले एउटा अग्रणी दूरसञ्चार कम्पनीको पक्षमा निर्णयहरूलाई बढावा दिएका थिए। त्यसबापत उक्त कम्पनीको एउटा वेबसाइटमा नेतन्याहुको पक्षमा समाचार सम्प्रेषण गर्ने सम्झौता कम्पनीका मालिकसँग भएको थियो।

प्रधानमन्त्रीले नियामक निर्णयहरूमा विज्ञहरूको भूमिका रहने कुरामा जोड दिएका छन् र त्यसको बदलामा आफूले केही नलिएको बताएका छन्।

घुस लेदनमा संलग्न भएको आरोप लागेका उक्त कम्पनीका मालिकले पनि गलत काम गरेको आरोप अस्वीकार गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख

आफ्ना नागरिकको हत्या छानविनका लागि संयुक्त टोली गठन गर्न दक्षिण कोरियाको आग्रह

दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले आइतबार उत्तर कोरियालाई अन्तर कोरियाली समुद्री सिमाना

यमनी सरकार र हुथी विद्रोहीबीच बन्दी आदान प्रदानको सहमति

यमनी सरकार र हुथी विद्रोहीबीच आइतबार स्विट्जरल्याण्डमा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको वार्ताबाट एक

एमी कोने ब्यारेट अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको