श्रीलङ्काको सत्तामा राजापक्ष दाजुभाइको पुनरोदय



श्रीलङ्कामा गोटाबय राजापाक्षले तालिम गृहयुद्धलाई विवादास्पद रूपबाट अन्त्य गराउने कामको नेतृत्व गर्ने आफ्ना दाजु पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई प्रधानमन्त्रीको सपथ दिलाएका छन्।

दश वर्षअघि देशको गृहयुद्ध अन्त्य हुनेगरी बर्बर कारबाहीहरू गरिँदा नवनिर्वाचित राष्ट्रपति गोटाबय राजापक्ष रक्षामन्त्रीका रूपमा थिए।

पछिल्लो जितसँगै गोटाबय राजापक्ष विरुद्ध लगेका भ्रस्टाचारका अभियोगहरू समेत फिर्ता गरिएका छन्।राष्ट्रपतिलाई प्राप्त हुने कानुनी उन्मुक्तिका कारण ती अभियोग फिर्ता गरिएको बताइएको छ।

यसअघिको सरकारले स्थापना गरेको विशेष उच्च अदालतमा गोताबय राजापक्षलाई राज्यकोषको दुरुपयोग गरेर सङ्ग्रहालय तथा आफ्ना मातापिताको स्मारक बनाएको औपचारिक आरोप लगाइएको थियो।

विगतमा खोसिएको उनको राहदानी पनि न्यायाधीशहरूले फिर्ता गरेका छन्। दुवै दाजुभाइलाई विगतमा महिन्दा राजापक्षको राष्ट्रपतिकालमा तामिल विद्रोहीविरुद्ध हासिल भएको सैनिक विजयको श्रेय दिने गरिन्छ।

उक्त विद्रोहलाई १० वर्ष अगाडि बर्बर सैनिक कारबाही गरी अन्त्य गरिएको आरोप पनि उनीहरूलाई लाग्ने गर्छ। मानवअधिकारवादी समूहहरूले उनीहरूको पछिल्लो उदयबारे चिन्ता जनाएका छन्।

ती समूहले विगतमा राजापक्ष दाजुभाइ सत्तामा हुँदा भएका व्यापक मानवअधिकार हननका घटनाको दस्तावेजिकरण गरिएको बताउँदै आएका छन्।

महिन्दा राजापक्ष सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काका राष्ट्रपति रहेका बेला गोताबय उनका रक्षा प्रमुख थिए। दुवैजनाले कुनै गल्ती नगरेको बताउने गरेका छन्।

यसपालीको चुनाव श्रीलङ्कामा इसाई धर्मको इस्टर पर्वका बेला भएका विस्फोटनका घटनापछि भएको पहिलो हो।

इस्लामिक स्टेटसँग सम्बद्ध विद्रोहीहरूले गत एप्रिलमा देशका केही चर्च तथा विलासी होटलहरूमा विस्फोट गराउँदा २५० जनाको ज्यान गएको थियो।

आइतवार सम्पन्न चुनावमा महिन्दा राजापक्षे आफैँ चाहिँ उठ्न पाएका थिएनन्। किनकी त्यहाँको कानुनले दुई कार्यकालभन्दा धेरै उठ्न दिँदैन। सो चुनाव निकै विभाजनकारी मानिएको भए पनि गोताबयले सहज बहुमत प्राप्त गरेका थिए।

उनले खासगरी बहुसङ्ख्यक सिंहाला बौद्धमार्गीहरूको भोट पाएका थिए।  तर श्रीलङ्काका उत्तर तथा पूर्वी प्रान्तहरूमा उनलाई अधिकांशले मत दिएनन्। ती क्षेत्रमा तामिल हिन्दू तथा मुसलमान समुदाय बस्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही