अमेरिकी कूटनीतिज्ञले भने -ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको हुँ



अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन्।

उनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा त्यस्तो बयान दिएका हुन्। युरोपेली सङ्घ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले त्यस्तो आदेश ट्रम्पका निजी वकिल रुडी जुलिआनीबाट आएको बताए।

जाँचबुझसम्बन्धी सुनुवाइले राजनीतिक लाभका लागि ट्रम्पले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध छानबिन गर्न युक्रेनलाई दबाव दिएको कुरा पुष्टि गर्न चाहेको छ।

ट्रम्पमाथि त्यो दबाव दिन युक्रेनलाई दिइने सैन्य सहायता रोकेको आरोप छ। तर ट्रम्पले त्यो अस्वीकार गर्दै आएका छन्। अमेरिकामा चुनावी लाभका निम्ति विदेशी सहायता खोज्नु गैरकानुनी मानिन्छ।

बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वानमा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार हुन्। तर राजदूत सन्डलन्डले युक्रेनबाट पाउने सहयोगको बदलामा सैन्य सहायता फुकाउने कुरा आफूले ट्रम्पबाट सीधै नसुनेको पनि बताएका छन्।

ह्वाइट हाउसले उनको बयानबाट राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको दाबी गरेको छ। तर डेमोक्र्याटहरूले राजदूतको बयानलाई महत्त्वपूर्ण र चिन्ताजनक भनेका छन्।

वाशिङ्टनस्थित बीबीसी संवाददाता लोरा ट्रिभिलियान भन्छिन्, “राजदूत गोर्डन सन्डलन्डले प्रस्ट रूपमा भनेका छन् कि लेनदेनको कुरा थियो र ट्रम्पका निजी वकिल रुडी जुलियानीले जो बाइडेनविरुद्ध अनुसन्धान थाल्न युक्रेनलाई भनेका थिए।” बाइडन उपराष्ट्रपति रहेका बेला उनका छोरा युक्रेनस्थित एउटा व्यापारिक संस्थासँग आबद्ध थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ