हङकङको विषयमा नबोल्न अन्य देशलाई चीनको चेतावनी



राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कानुनमा हस्ताक्षर गरे बदलास्वरूप कडा कदम चालिने चिनियाँ विदेश मन्त्रालयले बताएको छ।

अमेरिकी सिनेटले पारित गरेको कानुनको हङ्कङका सरकारविरोधी प्रदर्शनकारीहरूले स्वागत गरेका छन्। प्रदर्शनकारीहरूले पुन: सडक आवागमन तथा सार्वजनिक यातायातमा अवरोध पैदा गरेका छन्।

प्रदर्शनकारीहरूको एउटा सानो समूह अझै पनि एक विश्वविद्यालय भित्रै छन्। त्यहाँ गत तीन दिनमा हिंसात्मक झडपहरू भएका छन्।

यसबीच ब्रिटेनको हङकङस्थित महावाणिज्य दूतावासका एकजना पूर्वकर्मचारीले गत अगस्टमा मुख्यभूमि चीनमा जाँदा आफूलाई यातना दिइएको आरोप लगाएका छन्।

साइमन चेङले उनलाई बाँधिएको, आँखामा पट्टी लगाइएको अनि असहज तरिकामा राखिएको बीबीसीलाई बताए। हङकङमा तनाव भड्काएको आरोप आफूलाई लगाइएको उनले बताए।

चीनले ब्रिटेन तथा अन्य देशहरूलाई हङकङमा प्रजातन्त्र समर्थित विरोध प्रदर्शन गर्न उक्साएको आरोप लगाइरहेको छ।

साइमन चेङ्को घटनामा बेइजिङ्ले कुनै प्रतिक्रिया जनाएको छैन। तर यसअघि चेङ्लाई यौनकर्मी महिलाको सेवा खोजेका कारण पक्राउ गरिएको सङ्केत चीनले गरेको थियो।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले पछिल्ला घटनाहरूबारे सोधपुछ गर्न चिनियाँ राजदूतलाई डाकेका छन्।

तर बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीसँग कुरा गर्दै चीनका राजदूत जवाफ दिन नजाने बरू बेइजिङ्स्थित ब्रिटिश राजदूतलाई आफ्ना असन्तुष्टी सुनाउन चिनियाँ विदेश मन्त्रालयले डाक्ने प्रतिक्रिया दिए।

चीन सरकारले मुख्यभूमि चीनलाई हङकङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ। साइमन चेङ्को बयानले ब्रिटेन तथा चीनबीच अहिले नै तनावग्रस्त भइसकेको सम्बन्धमा थप असर पर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ