इरानी फौजलाई लक्षित गर्दै इजरेलद्वारा सिरियामा हमला



इजरेलले सिरियास्थित सरकारी तथा इरानी फौजलाई निशाना गर्दै दर्जनौँ ठाउँमा हमला गरेको बताएको छ। ती हमलाहरू सिरियास्थित एक इरानी एकाइले इजरेलमा गरेको रकेट हमला बदलास्वरूप गरिएको इजरेली सेनाले जनाएको छ।

रुसले इजरेली हमलाको निन्दा गरेको छ भने सिरियाली सरकारले ती हमलाहरूमा दुई गैरसैनिक मारिएको बताएको छ।सिरियाली प्रतिरक्षा प्रणालीले राजधानी दमास्कसको आकाशमाथि अधिकांश क्षेप्यास्त्र खसालिएको बताएको छ।

अन्य विवरणहरूमा मृतकको सङ्ख्या धेरै भएको उल्लेख छ। स्थानीय विवरणहरूका अनुसार राजधानीमा चर्का स्वरमा विस्फोटका आवाज आएको जनाइएको छ। सामाजिक सञ्जालमा ठाउँ-ठाउँमा आगलागी भएका तस्बिर राखिएका छन्।

सो हमलाको निन्दा गर्दै रुसी उप-विदेशमन्त्री मिखाइल बोग्दानोभले त्यस्ता आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताए। इजरेलले सिरियाली भू-भागमा इरानसम्बद्ध आधारहरूमाथि बरोबर हमला गर्नेगर्छ।

दमास्कस सरकार समर्थक रुससँग सिरियाको आकाश नियन्त्रण गर्ने क्षमता छ। तर सामान्यत: उसले इजरेली कारबाहीलाई बेवास्ता गर्नेगर्छ।

बुधवार इजरेली सेनाले ट्वीट गर्दै उसको हमलाको निशानामा इरानी कुड्स फौज तथा सिरियाली सेना रहेको जनाएको छ।कुड्स फौज इरानी सेना रिभोल्युसनरी गार्ड्सको एक विशेष टुकडी हो।

इजरेली सञ्चारमाध्यमका अनुसार इजरेली सेनाले सिरियास्थित रुसी सैनिक रहेको स्थान नजिकै जडान गरिएका जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रणाली एस थ्री हन्ड्रेडमा भने आक्रमण गरेनन्।

रुसी सेनाको सहयोगमा सिरियाका राष्ट्रपति बसर अल असदको सरकारले गृहयुद्धका माझ द्रूत गतिमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कमा नयाँ सवारीमध्ये ६१ प्रतिशत विद्युतबाट चल्ने

ओस्लो । डेनमार्कमा सन् २०२५ को मे महिनामा बिक्री भएका नयाँ सवारीमध्ये ६१

रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार