हिटलरको जन्मघर अब अस्ट्रियाको प्रहरी कार्यालय



नाजी नेता हिटलर जन्मिएको अस्ट्रियाको भवन अब प्रहरी कार्यालयमा परिणत हुने भएको छ । हिटलरले १७ औं शताब्दीमा ब्रोनाउ अम इन शहरमा रहेको उक्त घरमा आफ्नो जीवनको केही हप्ता बिताएका थिए ।

भवन लामो विवादको विषय बन्दै आएको थियो। सरकारले चरम दक्षिणपन्थी पर्यटक रोक्न घर मालिकसँग उक्त भवन दशकौँदेखि भाडामा लिएको थियो । त्यसमा अपाङ्गता भएका व्यक्तिहरूको निम्ति डे केयर सेन्टर चलाइएको थियो ।

तर घर मालिकले त्यसलाई थप ह्वील चेयर मैत्री बनाउने योजना तथा मर्मत गर्ने र किन्ने सरकारको प्रस्ताव अस्वीकार गरेपछि त्यो बन्द भएको थियो । सन् २०१४ मा शरणार्थीहरूको निम्ति आश्रय केन्द्र बनाउने योजना पनि लागू भएन । सरकारले अनिवार्य निर्देशन जारी गर्दै आठ लाख १० हजार युरो मूल्यमा सन् २०१६ मा घरको स्वामित्व आफूले लिएको हो ।

भवनको भविष्यलाई लिएर अस्ट्रियामा व्यापक मतभेद थियो । केही उक्त भवनको अस्तित्व समाप्त गर्नुपर्ने पक्षमा थिए भने अरूले पुनर्मिलन गृहको रूपमा त्यसलाई कुनै कल्याणकारी काममा प्रयोग गरिनुपर्ने माग राखेका थिए ।

मङ्गलवार एउटा विज्ञप्तिमा अस्ट्रियाका आन्तरिक मन्त्रीले भनेका छन्, “भविष्यमा प्रहरीले प्रयोग गर्ने निर्णयले उक्त घरले अब कहिल्यै (न्याश्नल सोसलिज्म) नाजीको सम्झना नगराउने अचुक सन्देश दिएको छ।“

बुवा कामको सिलसिलामा ब्रोनाउ अम(इन सहरमा खटाइएका बेला हिटलरको जन्म सन् १८८९ मा त्यहाँ भएको हो। हिटलर जन्मिएको केही हप्तासम्म उनको परिवार उक्त भवनको एउटा तल्लामा बसेको थियो। त्यसपछि उनीहरू अन्यत्रै सरेका थिए।

हिटलर तीन वर्षको हुँदा उनको परिवार सुविधाको निम्ति त्यो शहर छाडेर हिडेका थिए। हिटलरले अस्ट्रियालाई नाजी जर्मनीमा मिलाएपछि उनी सन् १९३८ मा भियना जाने क्रममा छोटो समयका निम्ति फर्किएर त्यहाँ पुगेका थिए।

हिटलरको शासनकालमा (१९३३ देखि १९४५ सम्म) नाजी जर्मनीले जातीय संहार नीति अङ्गाल्दै दोस्रो विश्वयुद्ध सुरु गरेको थियो। जसका कारण ६० लाख यदुही र करोडौँ अन्य नागरिक र फौजीहरू मारिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान

युक्रेन द्वन्द्वको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको रुसी राष्ट्रपति पुटिनको भनाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई युक्रेन द्वन्द्वको समाधानका लागि चीनको

चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा

चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर