विकिलिक्सका संस्थापकमाथिको एउटा बलात्कार आरोपबारे अनुसन्धान बन्द



स्वीडेनका अभियोजनकर्ताहरूले विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा लागेको एउटा बलात्कारको आरोपबारेको अनुसन्धानलाई खारेज गरिदिएका छन्। असान्जले उक्त आरोपको खण्डन गर्दै सहमतिमै यौनसम्बन्ध राखेको भन्दै आएका छन्।

सन् २०१२ मा लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएपछि उनी सात वर्षसम्म स्वीडेनमा सुपुर्दगी हुनबाट बचेका थिए।

४८ वर्षिय अस्ट्रेलियाली नागरिक असान्ज गत मे महिनामा उक्त दूतावासबाट निष्काशित भएका थिए। उनलाई हाल लण्डनस्थित एउटा कारागारमा राखिएको छ।

स्वीडिस अभियोजन प्राधिकरणले एउटा वक्तव्यमा भनेको छ: “सार्वजनिक अभियोजनकर्ता निकायकी उप-निर्देशक इभा म्यारी पर्ससनले जुलिआन असान्जको सम्बन्धमा अनुसन्धान बन्द गर्ने फैसला गरेकी छन्।”

उनले न्यायिक पुनरावलोकन भने हुनसक्ने बताइन्। उक्त घटनासँग सम्बन्धित सातजना साक्षीहरूसँग बयान लिइएपछि यस्तो निर्णय गरिएको थियो।

उनीमाथि सन् २०१० मा स्टकहोममा भएको विकिलिक्स सम्मेलनपश्चात् दुई महिलालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

स्वीडेनमा उनीविरुद्ध यौन दुर्व्यवहार तथा गैरकानुनी दबावका मुद्दा रहेपनि सन् २०१५ मा समयसीमा सकिएको भन्दै ती फिर्ता भएका थिए।

बलात्कार आरोपसम्बन्धी मुद्दा चाहिँ त्यसको कानुनी समयसीमा सन् २०२० को अगस्ट अगावै पुन: सुरु गर्ने कि नगर्नेबारे अभियोजनकर्ताहरूले विचार गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक गठबन्धनका पक्षमा

नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ

वाइडेन–मर्केलबीच जुलाईको मध्यतिर वासिङ्टनमा भेटवार्ता हुने

अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुन १५ मा

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका

जसलाई ह्वेलले निलेर फेरि ओकलिदियो

समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले