विकिलिक्सका संस्थापकमाथिको एउटा बलात्कार आरोपबारे अनुसन्धान बन्द



स्वीडेनका अभियोजनकर्ताहरूले विकिलिक्सका संस्थापक जुलिअन असान्जमाथि सन् २०१० मा लागेको एउटा बलात्कारको आरोपबारेको अनुसन्धानलाई खारेज गरिदिएका छन्। असान्जले उक्त आरोपको खण्डन गर्दै सहमतिमै यौनसम्बन्ध राखेको भन्दै आएका छन्।

सन् २०१२ मा लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएपछि उनी सात वर्षसम्म स्वीडेनमा सुपुर्दगी हुनबाट बचेका थिए।

४८ वर्षिय अस्ट्रेलियाली नागरिक असान्ज गत मे महिनामा उक्त दूतावासबाट निष्काशित भएका थिए। उनलाई हाल लण्डनस्थित एउटा कारागारमा राखिएको छ।

स्वीडिस अभियोजन प्राधिकरणले एउटा वक्तव्यमा भनेको छ: “सार्वजनिक अभियोजनकर्ता निकायकी उप-निर्देशक इभा म्यारी पर्ससनले जुलिआन असान्जको सम्बन्धमा अनुसन्धान बन्द गर्ने फैसला गरेकी छन्।”

उनले न्यायिक पुनरावलोकन भने हुनसक्ने बताइन्। उक्त घटनासँग सम्बन्धित सातजना साक्षीहरूसँग बयान लिइएपछि यस्तो निर्णय गरिएको थियो।

उनीमाथि सन् २०१० मा स्टकहोममा भएको विकिलिक्स सम्मेलनपश्चात् दुई महिलालाई बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

स्वीडेनमा उनीविरुद्ध यौन दुर्व्यवहार तथा गैरकानुनी दबावका मुद्दा रहेपनि सन् २०१५ मा समयसीमा सकिएको भन्दै ती फिर्ता भएका थिए।

बलात्कार आरोपसम्बन्धी मुद्दा चाहिँ त्यसको कानुनी समयसीमा सन् २०२० को अगस्ट अगावै पुन: सुरु गर्ने कि नगर्नेबारे अभियोजनकर्ताहरूले विचार गरिरहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा कम्तिमा ७० जनाको मृत्यु

लागोस । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको

एसिया अनुसन्धान र विकासको विश्वव्यापी हब बन्दै

सेन्जेन । एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) का लागि

इजरायल–हमास युद्धविराम आजदेखि सुरु हुँदै, यसरी छुट्नेछन् बन्धकहरु

बीबीसी । इजरायलले हमाससँगको युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

वाशिङ्गटन । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल