ह्वाइट हाउसकै कर्णेलले लगाए ट्रम्पमाथि यस्तो ‘आरोप’



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ।

लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी संसद्‍को तल्लो सदनले सुरु गरेको जाँचबुझ सुनुवाइमा त्यस्तो बयान दिएका हुन्।

गत जुलाइ महिनामा युक्रेनी समकक्षीसँगको फोनवार्तामा ट्रम्पले अनुचित राजनीति आग्रह गरेको उनको भनाइ थियो। जाँचबुझले राष्ट्रपतको शक्तिको दुरुपयोग भए वा नभएको अनुसन्धान गरिरहेको छ।

संसद्ले आउँदो चुनावमा ट्रम्पका आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारसम्बन्धी छानबिन गर्न उनले युक्रेनका नयाँ नेता भोलोदिमिर जेलेन्स्कीलाई दबाव दिने उद्देश्यले युक्रेनलाई दिने अमेरिकी सैन्य सहायता रोकेका थिए कि थिएनन् भन्ने कुरा स्थापित गर्न खोजिरहेको छ।

भिन्डमन ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का युक्रेनसम्बन्धी एक उच्च विज्ञ हुन्।

उनले संसद्‍को गुप्तचरीसम्बन्धी समितिसमक्ष ट्रम्पले युक्रेनी समकक्षीलाई गरेको आग्रहबारे भने, “राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धानको माग गर्नु राष्ट्रपतिका निम्ति त्यो असुहाउँदो थियो, अनुपयुक्त थियो।”

अमेरिकी करदाताको योगदान रहने ह्वाइट हाउसको आधिकारिक ट्विटर ह्यान्डल सुनुवाइभरी भिन्डमनविरुद्ध आक्रमण गर्न प्रयोग भएको थियो र सुनुवाइकै बेला त्यसलाई चुनौती दिइएका ह्यासट्यागहरू रिट्वीट गरिएका थिए।

लेफ्टिनेन्ट कर्णेल भिन्डमन जुलाइ २५ मा दुई नेताबीच भएको कुराकानी सुनेका अमेरिकी अधिकारीहरूमध्येका हुन्।

युक्रेनमा जन्मिएका उनी इराक युद्धमा पुर्‍याएको योगदानलाई लिएर सम्मान पाएका अधिकारी हुन्। उनका बुवाले ४० वर्षअघि सोभियत सङ्घ छाडेर अमेरिका बस्ने निर्णय गरेका थिए।

राष्ट्रपति ट्रम्पले सुनुवाइमा बयान दिइरहेकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरिअ योभानोभिचमाथि पनि आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट हमला गरेका थिए।

ट्रम्पले त्यस्तो प्रक्रियाको सामना गरिरहेका छन् जसले उनलाई राष्ट्रपति पदबाट हटाउन पनि सक्छ।

जाँचबुझले सन् २०२० मा हुने चुनावमा पुनः निर्वाचित हुने सम्भावना बढाउन ट्रम्पले अनुचित सहयोगको माग गरेका हुन कि होइनन भन्ने स्थापित गर्ने प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक

नाइजेरियामा भएको सवारी दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तर क्षेत्रमा भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा २१ जनाको

भारतको उत्तरपूर्वमा मनसुनी वर्षाले कम्तीमा ३० जनाको मृत्यु

गुवाहाटी । पछिल्ला दुई दिनमा मुसलधारे मनसुनी वर्षाका कारण आएको अकस्मात् बाढी र

युद्धविरामको अमेरिकी प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ