डढेलोका कारण सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा



अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ।

रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको अधिकारीहरूले बताएका छन्।

सामाजिक सञ्जालमा स्थानीय बासिन्दाहरूले बिहान उठ्दा धमिलो आकाश देखेको र घरमा धुवाँको गन्ध आएको लेखेका छन्। न्यू साउथ वेल्सको राजधानी सिड्नीमा करिब ५० लाख मानिसहरू बस्छन्।

न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा हप्तौँदेखि फैलिएको डढेलोका कारण छजना मानिसहरूको मृत्यु भइसकेको छ। सिड्नीका बासिन्दाहरूलाई मङ्गलवार तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्न सक्ने भनिएको छ।

शहरका केही भागहरूको वायुको गुणस्तर अस्ट्रेलियाले तोकेको न्यूनतमभन्दा आठ गुणासम्म धेरै भएको मापन गरिएको छ। स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न र बाहिर निस्केर शारीरिक रूपमा बल पर्ने कामहरू नगर्न सुझाव दिएको छ।

न्यू साउथ वेल्सको एम्बुलेन्स सेवाले श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसहरूले थप सचेत हुनुपर्ने बताएको छ।

“धुवाँ अझै केही दिनसम्म रहने छ,” न्यू साउथ वेल्सको ग्रामीण अग्नि सेवाले भनेको छ। गत हप्ता नजिकैका भागहरूमा डढेलो फैलिएपछि सिड्नीमा यसअघि नदेखिएको खतरा देखिएको हो।

अधिकारीहरूका अनुसार मङ्गलवारको धुवाँको स्रोत १५० किलोमिटर पर रहेको वोलेमी राष्ट्रिय निकुञ्जमा एक लाख ५० हजार हेक्टरमा फैलिएको डढेलो भएको बताएका छन्।

सिड्नीको उत्तरतर्फका भागहरूमा झन्डै ५० स्थानमा डढेलो फैलिएको कारण त्यहाँ वरपरका बासिन्दाहरूले हप्तौँदेखि बाक्लो धुवाँ र खराव वायु प्रदूषणको सामना गर्नुपरेको छ।

अधिकारीहरूले यो हप्ता डढेलो अझै बढ्न सक्ने बताएका छन्। उनीहरूले डढेलो छिमेकी क्वीन्सल्यान्ड राज्यमा बढ्ने तापक्रमले यसलाई अझै खतरनाक बनाउन सक्ने बताएका छन्।

साउथ अस्ट्रेलिया राज्यले भने आगोबाट ‘विनाशकारी’ खतरा आउन सक्ने भन्दै चेतावनी दिएको छ। त्यहाँको राजधानी एडेलेडमा बुधवारको तापक्रम ४२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका