अमेरिका र दक्षिण कोरियालाई चुनौति दिंदै उत्तर कोरियाद्वारा सैन्य अभ्यास



उत्तर कोरियाली नेता किम जोङ–उनले मुलुकको सेनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजित पारासुट सैन्य अभ्यासको अवलोकन गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली द्वीपलाई नै आणविक निःशस्त्रीकरण गर्न कुटनीतिक वार्ता र संवाद गरिरहे पनि अमेरिकामाथि थप दबाब सिर्जना गर्न उत्तर कोरियाले हातहतियारको प्रदर्शन र सैन्य अभ्यासलाई निरन्तरता दिइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमलाई “चाँडै भेटौंला” भन्दै ट्वीट गरेको केही घण्टा नबित्दै उत्तर कोरियाले सैन्य अभ्यास गरेको तस्वीर सार्वजनिक गरेको छ ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा आणविक निःशस्त्रीकरण सम्बन्धी वार्तामा जतिसक्दो चाँडो सहमति भएको हेर्न चाहेको बताएका छन् । उत्तर कोरियासँग जारी आणविक निःशस्त्रीकरण वार्तालाई सहजीकरण गर्न उक्त संयुक्त सैन्य अभ्यास स्थगित गरिएको अमेरिकी भनाइ छ ।

उत्तर कोरियाले आफ्नो मुलुकमाथि आक्रमण गर्ने नियोजित षडयन्त्रस्वरूप संयुक्त सैन्य अभ्यास गरिएको भन्दै विरोध गर्दै आएको थियो । उत्तर कोरियाले अमेरिकालाई यस वर्षको अन्त्यसम्ममा दुवै मुलुकलाई स्वीकार्य स्पष्ट योजनासहित अघि आउन आग्रह गर्दै आएको छ ।

उत्तर कोरियाले तीन दिनको अन्तरालमा दुई वटा सैन्य अभ्यास गरेको प्रचार गरेको छ । शनिबार प्रकाशित एक रिपोर्टमा किमले लडाकू बिमानका पाइलटहरुलाई शत्रुका अखडामा जस्तोसुकै आक्रमणका लागि तयार रहन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सले युक्रेनमा रुसको आक्रमणका कारण ‘तेस्रो विश्वयुद्ध’

विश्वकै ‘गरिब राष्ट्रपति’ उरुग्वेका जोसे मुजिकाको निधन

बीबीसी । ‘पेपे’ भनेर चिनिने उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा