काबुलको सैनिक केन्द्रमा ग्रिनेड आक्रमण, पाँच जना घाइते



अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान सैनिक तालिम केन्द्रको प्रवेशद्वारमा दुई वटा ग्रिनेड प्रहार गरिएको छ । अज्ञात समूहले गरेको उक्त आक्रमणबाट कम्तीमा चार जना अफगान सैनिक र एक जना सर्वसाधारण घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नसत राहिमीले शुरुमा आत्मघाती हमलाको शंका गरिए पनि अनुसन्धानबाट दुई वटा हाते ग्रिनेड फालेको पत्ता लागेको जानकारी दिए । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानका विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटले अफगान सैनिक र सरकारी कार्यालयलाई लक्षित गरी नियमित रुपमा आक्रमण गरिरहेका छन् ।

काबुलमा केही दिन अघिमात्र सुरक्षा कार्यालयलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका