२१ वर्षदेखि मृत्युदण्डको पालोमा राखिएका यी व्यक्तिको सजाय कार्यान्वयन नगर्न अदालतको आदेश



अमेरिकाको टेक्सस राज्यस्थित एउटा अदालतले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ।

सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै रोड्नी रीडलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। उनलाई त्यति बेलादेखि नै मृत्युदण्डको पालोमा राखिएको थियो।

उनलाई आगामी नोभेम्बर २० मा विषालु सुई दिएर मृत्युदण्ड दिने योजना थियो। उनलाई मृत्युदण्ड दिने कुराले अमेरिकामा ठूलो चासो व्यक्त भएको थियो।

उनन्तीस लाखभन्दा बढी मानिसले उनलाई क्षमादान दिन याचना गरेका थिए। विभिन्न चर्चित व्यक्तिहरूले पनि उनको जीवनरक्षाका लागि बोलेका थिए।

रीडले आफू निर्दोष भएको बताउँदै आएका छन्। उनका वकिलका अनुसार नयाँ प्रमाणहरूले उनले अपराध नगरेको पुष्टि गर्छन्।

रीडलाई सुनाइएको मृत्युदण्ड १२० दिन थाँती राखिने निर्णय टेक्सस बोर्ड अफ पार्डन्ज एन्ड परोल्जले गरेको छ।

तर मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न उनले गरेको निवेदनलाई उक्त बोर्डले अस्वीकार गरिदिएको छ।

मृत्युदण्ड तत्काल कार्यान्वयन नहुने जानकारी पाउँदा रीड प्रख्यात टेलिभिजनकर्मी किम कार्ड्याशिअन वेस्टसँग भेट गर्दैथिए।

आफ्नो इन्स्टाग्राम खातामा किम कार्ड्याशिअन वेस्टले त्यो सूचना पाउँदा देखिएको सन्तोष र आशा शब्दमा वर्णन गर्न नसकिने उल्लेख गरेकी छन्।

रीडको मुद्दामा संलग्न इनसन्ट प्रोजेक्ट नामक संस्थाले अदालतको निर्णयको स्वागत गरेको छ। एप्रिल २३ को बिहानै १९ वर्षीया स्टेसी स्टाइट्सले काममा पुगिसक्नुपर्ने थियो। तर अस्टिननजिकै रहेको उक्त किराना पसलमा उनी पुगिनन्।

केही घण्टापछि उनले चलाएको ट्रक बेवारिसे अवस्थामा भेटियो। दिउँसो उनको शव फेला पर्‍यो। उनकै पेटी प्रयोग गरी घाँटी थिचेर उनको हत्या भएको थियो।

अनुसन्धानकर्ताहरूले उनको योनिमा अतिन्यून मात्रामा वीर्य भेटिएको बताएका थिए। त्यो वीर्य रीडको रहेको खुलेको थियो।

यौन दुर्व्यवहारसम्बन्धी एउटा फरक मुद्दामा परिसकेका कारण प्रहरीसँग उनको डीएनए थियो। त्यो पुरानो घटनामा उनी निर्दोष साबित भएका थिए। रीडले स्टाइट्ससँग आफ्नो गोप्य रूपमा सम्बन्धमा रहेको दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

अमेरिकी वित्तमन्त्री जेनेट येलेनले विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र