कसले जित्ला श्रीलंकाको राष्ट्रपति निर्वाचन ?



श्रीलङ्कामा २५० जनाभन्दा बढी मानिसको मृत्यु भएको आतङ्कवादी हमलाको सात महिनापछि शनिवार नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ।

निर्वाचनमा ३५ जना उम्मेदवारहरू रहेको चुनाव सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो। प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना भने सहभागी छैनन्।

इसाई धर्मको इस्टर पर्वका बेला भएका हमलापछि सिरिसेनाको तीव्र आलोचना भएको थियो जसका कारण उनले यो चुनावमा उठेनन्।

इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन गराउँदा कम्तीमा २५३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका थिए। सरकारले त्यो घटना हुनुमा गुप्तचरी कमजोर रहेको समेत स्वीकारेको थियो।

भारतीय गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचनाहरू आएपनि सम्बन्धित अधिकारीहरूले त्यसलाई गम्भीर रूपमा नलिएको त्यहाँका रक्षामन्त्रीले बताएका थिए।

धेरै उम्मेदवारहरू भएकाले सबैको नाम समेट्न मतपत्र दुईपटक पट्याउनुपर्ने लामो छ।  तर यस निर्वाचनमा स्पष्टरूपमा दुईजना अग्रणी उम्मेदवारहरू छन्।

गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसा श्रीलङ्का निर्वाचनमा अग्रणी उम्मेदवारका रूपमा छन्  तीमध्ये एकजना दाजु महिन्दा राजापाक्षको कार्यकालमा एकदशक रक्षामन्त्री हुँदा मानवअधिकार हननको आरोपहरू खेपेका गोटाबाया राजापाक्ष हुन्।

उनीमाथि सन् २००५ देखि १० वर्ष शक्तिमा रहँदा हजारौँ मानिसहरू बेपत्ता पारिएको आरोप लाग्ने गरेको छ। तर गृहयुद्ध अन्त्य गर्नमा आफ्नो योगदान रहेको भन्ने उनको इस्टर हमलापछि आत्मबल उच्च छ।

अर्का अग्रणी प्रतिस्पर्धी सजिथ प्रेमादसाले चुनावी अभियानमा आफूले जितेमा तमिल टाइगर्सहरूलाई हराउने सेनाप्रमुख शरथ फोन्सेकालाई सुरक्षा प्रमुख बनाउने बताएका छन्।

यद्यपि प्रेमादसाले सामाजिक मुद्दाका रूपमा गरिबी निवारण र गुणस्तरीय घर निर्माणका निरन्तर उठाउँदै आएका छन्। हालका बसोबासमन्त्री उनी सन् १९९३ मा तमिल टाइगर्सबाट मारिएका तत्कालीन राष्ट्रपति रनासिङ्घे प्रेमादसाका छोरा हुन्।

मैत्रीपाल सिरिसेनाले एउटा अपत्यारिलो जितमार्फत् महिन्द्रा राजापाक्षलाई सन् २०१५ मा शक्तिबाट हटाइदिएका थिए। तर उनले कुनै कारण नखुलाइ दोस्रोपटक उम्मेदवारी नदिने निर्णय गरे।

चुनावी प्रतिस्पर्धामा वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागी छैनन् . उनी श्रीलङ्कालीमाझ बढ्दो रूपमा अलोकप्रिय भइरहेका छन्।

इस्टर घटनामा गुप्तचरका सूचना बेवास्ता गर्नुदेखि लिएर संवैधानिक सङ्कट सिर्जना हुनेगरी आफ्नै प्रधानमन्त्रीलाई पदबाट हटाउने कामले उनको लोकप्रियता खस्काएको छ।

अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा छ। तर अल्पसङ्ख्यको समानताको मुद्दा र बेरोजगारीको बिषयले समेत मतदाताको मनसायमा असर पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेक्सिकोमा सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु

बीबीसी । मध्य मेक्सिकोमा भएको सवारी दुर्घटनामा कम्तिमा २१ जनाको मृत्यु भएको छ

पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए

काबुल । अफगानिस्तानको उच्च आयोगले जानकारी दिएको अनुसार, पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान

जिहादीको आक्रमणमा नाइजेरियामा चार सैनिकको मृत्यु

नाइजेरिया । उत्तरपूर्वी नाइजेरियाको एक सैनिक शिविरमा इस्लामिक राज्य पश्चिम अफ्रिका प्रान्त (आइसडब्लुएप)

गाजामा खाद्यान्न नाकाबन्दी हटाउन इजरायललाई संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका राहत प्रमुख टम फ्लेचरले गाजामा जातीय नरसंहारको रोकथामका