सहपाठीको हत्या गरेको अभियोगमा बाङ्ग्लादेशमा २५ विद्यार्थीलाई मुद्दा



बाङ्ग्लादेशमा सामाजिक सञ्जालमा सरकारविरुद्ध लेख्ने एक विद्यार्थीको हत्या गरेको आरोपमा प्रहरीले २५ जना व्यक्तिलाई मुद्दा चलाएको छ।

एक्काइस वर्षीय आबरार फाहद राजधानी ढाकास्थित बाङ्ग्लादेश युनिभर्सिटी अफ इन्जिनियरिङका विद्यार्थी थिए। उक्त विश्वविद्यालयमा एउटा समूहले फाहादलाई पिटीपिटी मारेको बताइएको छ।

उक्त घटनापश्चात् देशभरि रहेका विश्वविद्यालय र क्याम्पसमा विरोधप्रदर्शन भएको थियो। प्रहरीले ११ जना हत्यामा प्रत्यक्ष संलग्न रहेको आरोप लगाएको छ। अन्यले साङ्घातिक आक्रमणमा सहयोग पुर्‍याएको बताइएको छ।

अभियोग लगाइएकामध्ये धेरै सत्ताधारी पार्टी अवामी लीगसँग आबद्ध युवा सङ्गठनका सदस्य छन्। बाङ्ग्लादेश छात्र लीग (बीसीएल) नामक समूहले विद्यार्थीहरूलाई यातना दिनुका साथै बलपूर्वक गर्ने गरेको आरोप लाग्ने गरेको छ।

आबरार फाहद स्नातक तहको अध्ययन गर्दै थिए। उनले भारतसँग सरकारले गरेको पानी बाँडफाटसम्बन्धी एउटा सहमतिको आलोचना गरेका थिए। त्यसको केही दिनपछि उनको शव छात्रावासमा फेला परेको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार फाहादलाई उनको कोठाबाट राति आठ बजेतिर लगिएको र झन्डै चार घण्टा कुटपिट गरिएको थियो।

पछि उनको मृत्यु भयो। शवपरीक्षण गरेका डाक्टर सोहेल महमुदले शरीरभरि चोट लागेको बताए। “उनको हत्या धार नभएको हतियार प्रहारबाट भएको हामीलाई लाग्छ,” ती चिकित्सकले भने।

एक विद्यार्थीले कुटपिट भएपछि आफूले फाहादलाई देखेको बताएका छन्। तर आफूमाथि आक्रमण हुने डरले उनले आफ्नो परिचय खुलाउन चाहेनन्।

“अन्य केही विद्यार्थीसँग मिलेर मैले आबरारलाई तल ओरालेँ। उनी जीवितै थिए,” ती विद्यार्थीले बीबीसीलाई भने। “उनले आफूलाई अस्पताल लान अनुरोध गरिरहेका थिए।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा

अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ ।

दिल्लीस्थित अफगानी दूतावास बन्द हुने

नयाँदिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०