महाभियोगबारे भएको सार्वजनिक सुनुवाइलाई ट्र्म्पले दिए ‘ठट्टा’ को संज्ञा



आफूविरुद्ध प्रस्तुत गरिएको महाभियोग प्रस्तावअन्तर्गत अघि बढाइएको पहिलो सार्वजनिक सुनुवाइलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठट्टाको सङ्ज्ञा दिएका छन्।

उक्त सुनुवाइका क्रममा एक अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडनमाथि युक्रेनले गर्ने अनुसन्धानलाई प्राथमिकता दिएको आफूले सुनेको बताएका थिए।

ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन अमेरिकी सहायता रोकेको आरोप लागेको छ।

जो बाइडन अमेरिकाका उपराष्ट्रपति हुँदा सन् २०१४ बाट उनका छोराले युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका थिए।

आफ्नो विस्तृत सम्बोधनका क्रममा युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरले राष्ट्रपति ट्रम्प भूतपूर्व उपराष्ट्रपति बाइडनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा बढी केन्द्रित रहेको आफ्ना एक सहयोगीलाई बताइएको जनाएका थिए।

उनका अनुसार राष्ट्रपति ट्रम्पले बाइडनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सोधपुछ गरिएको टेलिफोन संवाद ती कर्मचारीले छेउमा बसेर सुनेका थिए।

उनले ह्वाइट हाउसले युक्रेनलाई उपलब्ध गराउने भनिएको सहायता रकम रोकिरहेको स्पष्ट रहेको पनि उल्लेख गरे।

युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्ड्लन्डलाई राष्ट्रपति ट्रम्पले टेलिफोन गरेका थिए। सोन्ड्लन्डले राष्ट्रपति ट्रम्पलाई युक्रेनी पक्ष अनुसन्धान अघि बढाउन सहमत विवरण बताएको जनाइएको छ। ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले उक्त सुनुवाइलाई ठट्टाको सङ्ज्ञा दिए।

उनले भने, “मैले एक मिनेट पनि त्यसलाई हेरेको छैन। किनभने म त्योभन्दा महत्त्वपूर्ण कामअन्तर्गत भेटघाटमा थिए। त्यहाँ भनिएका सबै कुरा बनावटी हुन्। त्यो अघि बढ्न दिनु हुँदैनथ्यो।”

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार यो सुनुवाइले महाभियोग अनुसन्धानमा महत्त्वपूर्ण मोड दिन सक्छ।

उनका अनुसार सोन्ड्लन्ड र राष्ट्रपति ट्रम्पबीच सीधा कुराकानी हुने गरेका विवरणहरू आए पनि युक्रेनसम्बन्धी आरोपका विषयमा हालसम्म प्रत्यक्ष प्रमाण जुटेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही