ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ सुरु भएको छ। उनीमाथि आउँदो वर्ष पुन: निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ।

ट्रम्पले भने त्यसलाई अस्वीकार गरेका छन्। अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन्। बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन्।

बिबिसीका उत्तर अमेरिका सम्पादक जोन सोपेल भन्छन्: “अहिलेसम्म यो क्यापिटल हिलको भवनभित्र गोप्य रूपमा सञ्चालन गरिएको प्रक्रिया थियो। आज यो सुनुवाई सार्वजनिक प्रक्रिया भएको छ।”

बन्द कोठाको सुनुवाइमा टेलरले राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी जो बाइडन र उनका छोराविरुद्ध कियभले भ्रष्टाचार सम्बन्धी अनुसन्धान सुरु नगर्दासम्मको लागि युक्रेनलाई दिने अमेरिकी सहयोग रोकेको बताएका थिए।

अमेरिकी डेमोक्र्याटहरूले उनी र अन्य प्रत्यक्षदर्शीहरूले सार्वजनिक रूपमा आरोपहरू दोहर्‍याउने आशा गरेका छन्। रिपब्लिकन र डेमोक्र्याट दुवैपक्षले यो प्रक्रियाभरी उत्तेजक भाषा प्रयोग गर्दै आएका छन्।

रिपब्लिकनहरूले ट्रम्पले कार्यभार सम्हालेकै दिनदेखि उनलाई ‘कु’ गर्ने प्रयास गरेको आरोप डेमोक्र्याटहरूमाथि लगाएका छन्।

ट्रम्पमाथि आउँदो वर्ष पुन: निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ।

संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एडम सीफले यसअघि ट्रम्पले युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीबीचको फोन संवादलाई ‘परम्परागत गुन्डाहरूबीचको कुराकानी’को संज्ञा दिएका थिए। सुनुवाईमा संलग्न उक्त समितिका रिपब्लिकन सदस्य एरिक सालवेलले मङ्गलवार त्यस्तै भाषा प्रयोग गरे।

उनले भने- प्रत्यक्षदर्शीहरूका निम्ति अमेरिकी जनताको सामुन्ने प्रस्तुत हुने र, उनीहरूको यो धन्दामा जे देखे त्यो सबैलाई भन्ने बेला आएको छ।

महाभियोग कंग्रेसले राष्ट्रपतिलाई पदबाट हटाउन सक्ने दुईवटा राजनीतिक प्रक्रियाको पहिलो भाग हो। यदि तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरेमा त्यसमा माथिल्लो सदनले सुनुवाई गर्नुपर्ने बाध्यता हुनेछ।

तर माथिल्लो सदनमा त्यो पारित गर्न दुईतिहाई बहुमत आवश्यक पर्नेछ। यो मुद्दामा ट्रम्पको दलको पकड रहेको उक्त सदनबाट त्यो पारित हुने सम्भावना कमजोर देखिन्छ।

केवल दुईजना राष्ट्रपतिलाई अमेरिकाको इतिहासमा महाभियोग लगाइएको थियो। तर दुबैजनाविरूद्ध न अभियोग पुष्टि भयो न उनीहरू हटाइए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूससँगको युद्ध रोक्न इस्तानबुल वार्तामा ‘आवश्यक कदम’ चाल्न युक्रेन तयार

इस्तानबुल । युक्रेनले सोमबार इस्तानबुलमा रुससँगको वार्तामा ‘शान्तिका लागि आवश्यक कदम’ चाल्न तयार

भारी वर्षापछि भारतमा पहिरोमा परी तीन सैनिकको मृत्यु

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा मुसलधारे वर्षापछि आएको भीषण पहिरोमा परी तीन सैनिकको मृत्यु

आगलागीका कारण क्यानाडामा २६ हजार भन्दा बढी बासिन्दा विस्थापित

ओटावा । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार

विमानमा विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा