बोलिभियाको सिनेटकी उपप्रमुखद्वारा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा



दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्। राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन्।

उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो। अर्थात् उक्त बैठकमा कोरम पुगेको थिएन। आनिएसले संविधान अनुसार आफू नै राष्ट्रपतिको लाइनमा रहेको बताएकी छन्।

तर हाल मेक्सिकोमा पुगेका पूर्व राष्ट्रपति मोरालेसले ट्वीट गर्दै आनिएसलाई कपटपूर्ण दक्षिणपन्थी कू को एक अङ्ग भएको आरोप लगाए। आनिएसले चाँडै निर्वाचन गराउने भनेकी छन्।

बोलिभियाका महान्यायाधिवक्ताका अनुसार गत महिना भएको विवादित राष्ट्रपतीय निर्वाचनपश्चात् भएका आन्दोलनका क्रममा ७ जनाको ज्यान गएको थियो।

पूर्व राष्ट्रपति मोरालेसले आइतवार राजीनामा गरेका हुन्। उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै मेक्सिकोमा शरण मागेका थिए।

आफूलाई पद छाड्न दबाव दिइएको भन्दै उनले थप रक्तपात नहोस् भनेर आफू हटिदिएको बताएका छन्। मङ्गलवार आनिएसले सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन्। जसले उनी राष्ट्रपतिको लाइनमा पुगिन्।

उच्चपदस्थ नेताहरूको शृङ्खलाबद्ध राजीनामाका कारण उनले राष्ट्रपतिको पद सम्हालेकी हुन्। उनलाई नियुक्त गर्न डाकिएको संसदीय बैठकलाई मोरालेसको समाजवादी दलले बहिष्कार गरेको थियो। सो दलले उनको नियुक्तिलाई अवैध भनेको छ।

“राष्ट्रपति, उपराष्ट्रपति … तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा मैले, संवैधानिक व्यवस्था बमोजिम, राष्ट्रपतिको पद तत्काल सम्हालेको छु,” आनिएसले घोषणा गर्दा उपस्थित सांसदहरूले ताली बजाएका थिए।

बोलिभियाको सर्वोच्च संवैधानिक अदालतले उनको नियुक्तिको समर्थन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्वीटरमा एलन मस्कका सबैभन्दा धेरै फलोअर्स

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको

रूसी विदेशमन्त्रीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने

रूसले आफ्ना विदेशमन्त्रीले अप्रिलमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने जनाएको छ

इन्डोनेशियाको पवित्र पर्वतमा रुसी पर्यटकले नांगै तस्बिर खिचेपछि…

बालीस्थित एउटा धार्मिक स्थलमा निर्वस्त्र भएको अभियोगमा इन्डोनेशियाले एक रुसी नागरिकलाई कारबाही गर्दै

रामनवमी मनाउन मन्दिर गएका २५ जना भक्त इनारमा खसे

रामनवमी पर्व मनाउन भारतको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको