कानुनी शासनको अन्त्य हुन लागेकै हो त हङकङमा ?



पाँच महिनाभन्दा लामो प्रदर्शनहरूपछि हङकङको कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने सङ्घारमा धकेलिएको चेतावनी त्यहाँको प्रहरीले दिएको छ। प्रहरीले एकजना प्रदर्शनकारीलाई गोली हानेपछि हिंसा बढेको देखिएको एक दिनपछि उक्त चेतावनी स्पष्ट रूपमा आएको छ।

त्यसपछि सरकार विरोधी प्रदर्शनकारीले एकजना बेइजिङ समर्थकलाई आगो लगाइदिएका थिए। मङ्गलवार पनि हङकङका विश्वविद्यालयहरू र मुख्य व्यापारिक केन्द्रमा प्रदर्शनकारीहरूको प्रहरीसँग भिडन्त भयो।

चिनियाँ विश्वविद्यालयमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो र खेल मैदानमा अश्रुग्याँस प्रहार गरिएको थियो। विश्वविद्यालयमा उपकुलपतिले विद्यार्थी र प्रहरी दुवैपक्षसँग वार्ता गरेका थिए।

समाचार संस्था एएफपीका अनुसार प्रहरीले आफूहरूलाई हटाउन अश्रुग्याँस प्रहार गरेपछि मुकुन्डो लगाएका सयौँ प्रदर्शनकारीहरूले इँटा र अन्य वस्तुहरू प्रहार गरेको देखिन्थ्यो। कार्यालयमा काम गर्ने हजारौँ मानिसहरू पनि सडकमा निस्किएका थिए।

उनीहरूले ‘शान्तिपूर्ण रूपमा स्वतन्त्रताका लागि लडौँ, हङकङको पक्षमा उभिउँ’ भन्ने नारा लगाए। विगतमा प्रदर्शनहरू सामान्यत: सप्ताहन्तमा सीमित हुने पाइएकामा अहिले अन्य दिनहरूमा समेत हुन थालेका छन्।

चीनसमक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा जुन महिनाबाट प्रदर्शन सुरु भएको हो। त्यो विधेयक अहिले फिर्ता लिइसकिएको भएपनि विरोधहरू बृहत् प्रदर्शनमा बदलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु

  नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार

३५ युक्रेनी ड्रोनलाई निष्प्रभावी बनाएको रुसको दाबी

रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने

विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउने विश्वास गरिएको छ । दर्जनौं