भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू



सरकार गठनको विषयलाई लिएर विवाद बढेपछि भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले मन्त्रिपरिषदलाई सिफारिसको स्वीकृति दिएका छन् ।

शिवसेनाले भने राष्ट्रपति शासनलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । गृह मन्त्रालयले भने चुनावी परिणाम सार्वजनिक भएको १५ दिनसम्म पनि सरकार गठन हुन नसक्दा राष्ट्रपति शासन नै विकल्प भएको जनाएको थियो ।

राज्यपाल भगत सिंह कोस्यारीले पहिले नै सबैभन्दा ठूलो दल भाजपालाई सरकार बनाउन समर्थन दिएका थिए । तर भाजपाले सरकार गठनमा इच्छा नदेखाएपछि राजनीतिक अस्थिरता उत्पन्न भएको हो । स्थानीय संचारमाध्यमका अनुसार महाराष्ट्रमा अब सरकारले निर्वाचन गराउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्