बङ्लादेशमा रेल र्दुघटना हुँदा कम्तीमा १५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
बङ्लादेशमा दुई वटा रेल आपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रका मङ्गलबार विहान दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको रेलमार्ग अधिकरीले जानकारी दिएका छन् । बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुनेगरेको छ ।